एस्टन भिल्लासँग हार्यो युनाइटेड
लन्डन : प्रशिक्षक युनई एम्रीको पहिलो खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडमाथि ३–१ गोलको जित निकालेको छ। आइतबार राति भिल्ला पार्कमा भएको खेलको सातौं मिनेटमा लियोन बेलीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।
युनाइेटमाथि हाबी बनेको भिल्लाले त्यसको चार मिनेट नबित्दै अग्रता दोब्बर पारेको थियो। स्पेनिस रक्षक लुकास डिएनले ११ औं मिनेटमा फ्रि–किकमार्फत गोल गर्दै स्कोरलाइन २–० मा लम्ब्याएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा भिल्लाका ज्याकोब रामसेले आत्मघाति गोल गर्दा युनाइटेड पुनः खेलमा फर्किएको थियो। दोस्रो हाफमा केही आक्रमणका मौका बुने पनि फिनिसिङमा चुक्दा युनाइटेडले बराबरी गर्न सकेन।
युनाइटेडको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै भिल्लाका रामसेले ४९ औं मिनेटमा गोल गर्दै अग्रता ३-० मा लम्ब्याएका थिए। सोही अग्रताको बचाउ गर्दै भिल्लाले शानदार जित निकाल्यो।
जितसँगै १४ खेलबाट १५ अंक जोडेको एस्टन भिल्ला अंक तालिकाको १३ औं स्थानमा उक्लिएको छ। युनाइटेड १३ खेलबाट २३ अंक जोडेर पाँचौं स्थानमा छ।
आइतबार राति नै भएको अर्को खेलमा न्युक्यासलले साउथ ह्याम्टनलाई १–४ गोलको नतिजामा पराजित गरेको छ। यस्तै, क्रिस्टल प्यालेससँग वेस्ट ह्याम २–१ को नतिजामा पराजित भयो।