रुपन्देहीको देवदहमा श्रीमान-श्रीमती मृत फेला
बुटवल : रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन् ।
देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोल ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनीहरुको शव फेला परेको थियो । देवदह प्रहरी चौकी प्रमुख रहेका प्रहरी निरीक्षक गंगाबहादुर सारुका अनुसार भुइँमा बालेन्द्रको शव झण्डिएको अवस्थामा भेटिएको थियो भने हेमकलाको शव भुइँमा पल्टिरहेको थियो ।
घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । यद्यपि, घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ ।
बालेन्द्र वैदेशिक रोजगारीबाट चार दिनअघि फर्किएका थिए ।