चर्को ब्याजदरविरुद्ध अर्घाखाँचीका उद्योगी आन्दोलित

चर्को ब्याजदरविरुद्ध अर्घाखाँचीका उद्योगी आन्दोलित

अर्घाखाँची:  बैंकले  ब्याजदर बढाएको भन्दै अर्घाखाँचीका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् ।

अर्घाखाँची उद्योग वाणिज्य संघको पहलमा उद्योगी व्यवसायीले जिल्लाका सबै बैंकलाई ध्यान आकर्षण गराएका छन्।

बैंकको ब्याजदर हरेक दिन बढ्दो गतिमा देखिएको भन्दै  कोभिड महामारीबाट धरासायी भएका साना तथा मझौला उद्योग बैंकहरुले ब्याजदर वृद्धि गर्दा निल्नु न ओकल्नुको अवस्थामा पुगेको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्रले  बताए ।

निरन्तरको ब्याजदर वृद्धीले व्यवसाय नै चौपट हुने अवस्थालाई मध्यानजर गदै बैंकको ब्याजदर घटाउन माग राख्दै बैंकहरुमा  ज्ञापन पत्र बुझाउने देखि धर्ना दिनेलगायतका आन्दोलनका कार्यक्रम तय भएको मिश्रले बताए । 

दुई वर्ष अघि सम्झौता गरेर बार्षिक ८/९ प्रतिशत ब्याजमा लिएको ऋणमा अहिले १४/१५ प्रतिशत ब्याज लिने गरेका छन् ।

‘बैंकहरुले ब्याजदर बढाउँदै लैजादा उद्योगी तथा ब्यापारी मारमा परेको चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले बताए । उनले बैंकहरुले बढाएको ब्याजदरका कारण व्यवसायी व्यवसाय छोडेर भाग्नु पर्ने अवस्थामा पुगेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.