नुवाकोटमा एमालेलाई राप्रपा नेपालको समर्थन
नुवाकोट: नुवाकोटमा राप्रपा नेपालले नेकपा एमालेलाई समर्थन गरेको छ । नेकपा एमाले नुवाकोट र राप्रपा नेपालबीच समझदारी भएसँगै नेकपा एमालेलाई सहयोग प्राप्त भएको हो ।
राप्रपा नेपाल नुवाकोटले विज्ञप्ति जारी गर्दै नेकपा एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।
नुवाकोट क्षेत्र नं. १ राप्रपा नेपाल प्रतिनिधि सभा सदस्य पुष्प न्यौपाने र प्रदेश सभा सदस्य २ का केदार पौडेलले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका हुन् ।
विज्ञप्ति निकालेर प्रतिनिधिसभामा एमालेका उम्मेदवार बद्रि मैनाली र प्रदेशसभा १ मा एमालेका सुशील खड्का र प्रदेशसभा २ का पूर्णलाल श्रेष्ठलाई जिताउन आह्वान गर्दै आफ्नो उम्मेदवारी अब नरहेको जनाएको छ ।