तयार भयो एउटै ढुङ्गाबाट बनेको नेपालकै ठूलो सालिक
ताप्लेजुङः ताप्लेजुङ सदरमुकाम फुङलिङमा बनेको किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिकको कात्तिक २५ गते अनावरण हुने भएको छ ।
१५ फिट अग्लो र एउटै ढुङ्वाबाट बनेको १ सय ३५ क्विन्टल वजन भएको सालिकको फाल्गुनन्द लिङ्देनको १ सय ३८ औं जन्मजयन्तीको अवसरमा अनावरण गर्न लागिएको हो ।
प्रदेश १ का प्रमुख पर्शुराम खापुङको उपस्थितिमा किराँत धर्मगुरु आत्मनन्द लिङ्देन र गुरुआमा पवित्राहाङ्मा साँवाको उपस्थिति सालिक अनावरण गरिने निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बूले जानकारी दिए । उनका अनुसार सो सालिक नेपालकै सबैैभन्दा ठूलो हो ।
आईतबार फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै समितिले सालिक निर्माणको क्रममा करिव एक करोड रुपैंया खर्च भएको र अहिलेसम्मको निर्माण लगानीमा धार्मिक व्यत्तित्व र दाताहरुको सहयोग रहेको फेम्बोले बताए ।