नियम विपरित सडकमा शुल्क उठाउँदै महानगर

नियम विपरित सडकमा शुल्क उठाउँदै महानगर

काठमाडौं: कुनै आकष्मिक काम परेर न्युरोड छिर्नुहोस, बसन्तपुर, दरबारमार्ग नै जहाँ पनि सजिलै पुग्न सकिन्छ । यदी आफ्नै सवारीमा जानु भएको छ भने अनि तपाइँलाई पिरोल्छ पार्किङको समस्याले । 

पहिलो त पार्किङ गर्ने ठाउँ पाउन सकस, अनि फेरि पार्किङ शुल्कको । सवारी रोक्नासाथ हातमा मेसिन बोकेका महानगरले ठेक्का दिएका ठेकेदार कम्पनीका कर्मचारी आइहाल्छन्, पाकिङ समय लेखेको बील थमाइहाल्छन् ।  प्रतिघण्टा दुई पांग्रे सवारीको २० रुपैयाँ र चारपांग्रे सवारीको ५० रुपैयाँ तिर्नुपर्छ । उपत्यकाको धेरै ठाउमा महानगरको यो मनपरी देखिन्छ ।

सामान किन्न न्युरोड पुगेकी बानेस्वरकी रघुनाथ केसी इन्दचोक असन गएर सामान लिएर आउदा १०० रुपैयाको पार्किङ शुल्क समाउँदै थिए । के सारो महगो हो ? म त अघि भर्खरै गएको नी ? उनले पैसा उठाउँदै हिडेका कर्मचारीसँग प्रश्न गरिन् । 

महानगर मात्रै हैन सार्वजनिक ठाउँ, बाटोघाटो मा पार्किङ बनाएर धेरै स्थानीय तहले समेत शुल्क उठाएको देखिन्छ । पशुपति मन्दिर परिसर होस या चोभारको चौर, वा अस्पताल परिसर नै किन नहोस सर्वसाधारणले शुल्क बुझाउन परिरहेको छ । जताततै सडकमा पार्किङ चलिरहेको छ । शुल्क उठाइरहेको छ । व्यावसायिक प्रयोजनका लागी बनेका भवनले पार्किङ एरियामा अन्य व्यवसाय सञ्चालन गरे भनेर भत्काउदै हिडेका काठमाण्डौ महानगरका मेयर महानगर आफैँले सडक कब्जा गरेर पार्किङ शुल्क उठाइरहँदा भने मुकदर्शक बनेर हेरिरहेका छन् । 

के महानगरले सडकमा पार्किङ एरिया बनाएर शुल्क उठाउन मिल्छ ? यो कानून संगत छ ? वा महानगरको मनोमानी !

झट्ट हेर्दा सामान्य देखिन्छ । हामी निरिह बनेर पार्किङ शुल्क तिरेर हिड्छौ । सवारी तथा पैदलयात्रु हिड्नको लागी बनाइएको सडकमा पार्किङ बनाएर ठेकेदार कम्पनीलाई भाडामा दिएर महानगरले शुल्क उठाउनु गैरजिम्मेवारपन हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरले सडकमा बनाइरहेको पार्किङ हटाउने प्रक्रियामा छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सडकमा भएको अव्यवस्थित पार्किङ र जाम कम गर्न महानगरले अन्य विकल्प नहुँदासम्म सडकमा पार्किङ शुरु गरेको थियो । जुन गलत हो । 

मानन्धर भन्छन्, 'महानगरले गर्दै आएको सडकमै पार्किङ पनि हट्नुपर्छ । महानगरले नियम नै मिचेको छ हैन, तर सर्वसाधारणलाई सजिलो हुने गरी अघिल्लो नेतृत्वले पार्किङको ठेक्का दिएको हो । योजना बनाएर हामीले यो छिट्टै हटाउँछौ । कानून विपरीत काम गर्न कसैलाई छुट छैन । ठेकेदारसँग भएको सम्झौताको समय नसकिएकाले तत्काल हटाउन नसकेका हौ । सम्झौताको आफ्नो नियम छ । आवश्यक कानून संशोधन गरेर नै भए पनि विशेष अभियान चनाउँछौँ ।'

पार्किङ व्यवस्थित गर्न खुल्लामञ्चमा अन्डरग्राउण्ड पार्किङ योजना बनाइरहेको पनि उनले बताए । यसको डीपीआर बनिरहेको बताउँदै उनले व्यायसायिक भवनमा भएका पार्किङ एरिया सबै खाली गर्ने बताए । 

सडकमा पार्किङ गरेबापत महानगरले वार्षिक कति शुल्क उठाउँछ भन्ने प्रश्नमा मानन्धरले भने, 'महानगरलाई २० प्रतिशत र ठेकेदार कम्पनीले ८० प्रतिशत लिने गरेको छ । वार्षिक कति उठ्छ मलाई पनि थाहा भएन ।'
 
पुर्वाधारविज्ञ किशोर थापाका अनुसार महानगर वा स्थानीय निकाए आफैँले शुल्क उठाउने गरेको छैन । पार्किङको लागी भनेर ठेक्का लगाउने गरेको छ । जहाँ महानगरसँगको ठेक्कामा लेखिएकोभन्दा निकै बढि शुल्क उठाउने गरेको छ । सडक र फुटपाथ मर्मत सम्भार र निर्माण गर्ने जिम्मा महानगरको भएपनि अन्य प्रयोजनका लागी निर्माण गरिएको सडकमा पार्किङ बनाउनु कानून विपरीत रहेको उनले बताए । 

थापा भन्छन्, 'सडक खाली गराउन भन्दै फुटपाथ हटाउने, अन्डरग्राउण्ड पार्किङ खाली गर्ने काम गरिरहेको महानगर आफैँले  सडक कब्जा गरेर पाकिङ बनाउनु अलि असहज देखिएन र ? पहिले त आफैँले हडपेको सडक खाली गर्नुपर्‍यो नि ।'
 
सडकलाई पार्किङ बनाउन मिल्दैन

थापाका अनुसार सडक प्रयोग गरे वापत, सवारी चलाएवापत हामीले महानगर तथा सरकारलाई कर तिर्छौ । उनले भने, 'कर तिरेपछि पार्किङ सुविधा पाउनु प्राकृतिक अधिकार हो । यसमा राज्य चुकेको छ । राज्यले नागरिकलाई दिनुपर्ने सुविधावाट चुकेको छ । सडकलाई पार्किङ बनाउन मिल्दै मिल्दैन । अझ सडकमा पार्किङ बनाएर शुल्क उठाउनु त कसैगरी ठिक भन्न सकिन्न ।'
 
सडकमा पाकिङ बनाउँदा सडक साघुरो भई शहरमा जाम बढ्ने गरेको बताउदै थापाले महानगरले पार्किङलाई नयाँ ठाउँ खोज्नुपर्ने बताए । उनले भने, 'यो हटाउनु पर्छ । महानगरले सक्दैन भने, व्यावसायिक पार्किङ विस्तार गर्न सहयोग गर्नुपर्‍यो । सडक किनाराका पार्किङ स्थल निर्मम तरिकाले हटाउन पर्यो ।'
 
उपभोक्ता हित संरक्षण मञ्चकी अधिवक्ता कुमारी खरेलले सडकमा पार्किङ एरिया बनाएर शुल्क उठाउने काम उपभोक्ताको हित विपरित भएको बताइन । उनी भन्छिन्, 'स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार दफा ६० अनुसार गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको पार्किङ एरिया प्रयोग गरेवापत शुल्क उठाउन सक्ने व्यवस्था छ । तर यो बुँदाले सार्वजनिक सडकलाई पार्किङ एरिया बनाएर शुल्क उठाउन पाउने हैन । सार्वजनिक सडक ऐन २०३१ अनुसार सडक सार्वजनिक प्रयोगनका लागी मात्रै हो । यहाँ कुनैपनि व्यक्ति वा संस्थाले प्रयोग गरेर फाइदा लिन पाउँदैन ।'
 
अधिवक्ता प्रियहरि भण्डारी भुकम्प पछि बनेका सार्वजनिक उदेश्यका लागी बनेका भवनमा अनिवार्य पार्किङ बनाउनुपर्ने कानूनमै व्यवस्था रहेको बताउँछन् । उनले भने, 'सडकमा पार्किङ गर्ने छुट कसैलाई पनि छैन । महनगरले ठेकेदार कम्पनीलाई ३ लाखमा ठेक्का दिने तर उसले शुल्कबापत ३० लाखभन्दा बढि उठाउने चलन बढ्दो छ । जुन गैरकानूनी हो ।'
 
अधिवक्ता भण्डारी भन्छन्, 'सडकमा पार्किङ गर्न न त सर्वसाधारणलाई छुट छ, न त महानगरलाई । उपभोक्ता हित संरक्षण ऐन अन्र्तगत सर्वसाधारणले सडक निर्वाध प्रयोग गर्न पाउनुपर्छ । सार्वजनिक प्रयोजनका लागी प्रयोग गरिने सडकमा महानगरले पार्किङ ठेक्का दिनु कानून विपरित छ । यो हट्नुपर्छ ।'
 
पुर्वाधारविज्ञ तथा शहर विकास विज्ञ सुर्यराज आर्चायका अनुसार सडकको साइडमा पार्किङ बनाएर शुल्क उठाउनु महानगरको गलत काम हो । यसले सडकमा हिँड्दा विविध समस्या देखिएका छन् । अन्तर्राष्टिय प्राक्टिस अनुसार सार्वजनिक जग्गा वा सरकारी जग्गामा पार्किङकै लागि स्पेश बनाएर व्यवस्थित गरेर राज्यले शुल्क उठाउन पाउने उनको भनाइ छ । तर अन्य प्रयोजनका लागी बनेको सडकमा आफ्नो बर्चश्व राख्न नमिल्ने आचार्यले बताए । 

उनले भने, ‘कतिपय शहरी सडक निर्माण गर्दा नै एक साइड पाकिङको नक्सा, डिजायन  बनाएर निर्माण गरिएको हुन्छ । यस्तो अवस्थामा पार्किङ बनाउन मिल्छ । सरकारले शुल्क लिन सक्छ । म्यानेज गर्न सक्छ । तर सडक नै भनेर बनेको ठाउँमा महानगरले कब्जा गर्दै शुल्क लिनु गैरजिम्मेवर पन हो । महानगरको दादागिरि । हाम्रा सडक बन्दा नै धेरै सोचेर योजना बनाएर बनाइएको हुन्न । यसले गर्दा सडक साघुरा हुन्छन् । सडकमा पार्किङ गर्दा पैदल यात्रीले सास्ती खेप्छन् । दुर्घटना बढ्छ ।'

काठमाडौं शहरको सडक निर्माण निकै पुरानो भएकाले पनि अहिलेको सवारीको चापलाई धान्न सकेको छैन । यसले पनि जाम र पार्किङको समस्या बढेको हो । समस्या समाधान गर्न महानगरले निजी क्षेत्रसँग सहकार्य गर्न आवस्यक हुन्छ । व्यापारिक प्रयोजनलाई बनेका भवनमा अनिवार्य पार्किङ स्पेश बनाउने र ती स्पेश सर्वसाधारणलाई खुला गर्नासाथ यो समस्या धेरै मात्रामा हल हुने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.