जनकपुरधाममा जलवायु सम्मेलन

जनकपुरधाममा जलवायु सम्मेलन

जनकपुरधाम : जनकपुरको मोनाष्टिक स्कूलले जलवायु सम्मेलनको आयोजना गरेको छ।

सम्मेलनलाई नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हइलले सम्मेलनको उद्घाटन गरे।

उनले विद्यालयले शिक्षा मात्र नभई आगामी पुस्ताका लागि गुणस्तरीय प्रकृति संरक्षण अभिभारा समेत हरेक नागरिक र संघ संस्थाले जोगाउन आवश्यक रहेको बताए।   

राजदुत हइलले शिक्षा मात्र नभई प्रकृति संरक्षणमार्फत भविष्यको सन्तति जोगाउन सकिए आगामी दिन सुखद हुने संकेत गरे। 

उनले भने, 'दिनानुदिन प्रकृतिमाथि मानिसहरूले प्रहारले गर्दा वातावरण विनाश हुँदै गएको अवस्थामा बालबालिकाहरूलाई वातावरण संरक्षणको जिम्मेवारी बोध गराइनु व्यवहारिक कन्भेन्सनले ठुलो टेवा पुग्छ।' 

उनले स्कूल लेभलदेखि नै बालबालिकाहरूलाई प्रकृतिको महत्व, प्रकृति संरक्षणको उपाय, संरक्षणको कारणका बारेमा एक अध्यायय राखे पृथ्वीको जीवजन्तुले पनि राहतको सांस लिने बताए।

आइतबार र सोमबार दुई दिन चलेको जलवायु सम्बन्धी वातावरण सम्मेलनमा काठमाडौं, भक्तपुर, तनहु, भैरहवा, सिमरा, हेटौडा, झापा र धनुषा जनकपुर गरि २० वटा विद्यालयका प्रध्यानाध्यापक, शिक्षक एवम् दुई सय विद्यार्थीहरूको सहभागिता थियो।

'भविष्यका सन्तानका लागि प्रकृतिको संरक्षण' नारा दिएर आयोजना गरिएको सम्मेलनमा प्रकृतिको संरक्षण सम्बन्धमा माटाका सामग्री निर्माण र प्रदर्शनीमा प्रतिस्पर्धा गराइएको थियो।   

प्रतिस्पर्धामा ईस्ट हरिजन स्कूल झापा प्रथम, मोनाष्टिकले दोस्रो र राष्ट्रिय विभूति समुदायिक शिक्षा सदन सिमरा (बारा) तेस्रो स्थान प्राप्त गरेको थियो। 

यसैगरि कोलेबरेटिभ आर्टस एण्ड कलेजमा मोनाष्टिक स्कूलले प्रथम, धनुषा महेन्द्रनगरको दर्शनिया आरएसके एकेडमी दोस्रो र तेस्रो झापाको फक्तालुंग स्कूलले प्राप्त गरेको मोनाष्टिकका प्रबन्धक निर्देशक डा. सोनु साहले जनाए।

वक्तित्वकला (स्पीच) प्रतिस्पर्धामा झापाको मोडेल स्कूल प्रथम, मोनाष्टिक सिनियर सि र दोस्रो मोनाष्टिककै जुनियर ए र हेटौंडाको नर्वोदय विद्यालयले प्राप्त गरेको थियो।

तेस्रो स्मारिका पब्लिक स्कूल झापाले प्राप्त गरेको छ। अन्तिम विषयवस्तुअन्तर्गत पेपर प्रीजेन्टेशनमा स्मरिका स्कूल झापा प्रथम, नर्वोदय हेटौंडा दोस्रो र मोनाष्टिकले तेस्रो स्थान प्राप्त गरेको छ।

सम्मेलनमा कन्भेन्सन च्याम्पियनसीपमा हेटौंडाको नर्वोदयले विजेता बन्न सफल भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.