पृथ्वीले विपद्को संकेत दियो : गुटेरस

पृथ्वीले विपद्को संकेत दियो : गुटेरस

इजिप्ट (बीबीसी) : पृथ्वीले ‘आफू विपद्मा परेको संकेत दिइरहेको छ’ भन्ने चेतावनीसहित इजिप्टमा जलवायु सम्मेलन आरम्भ भएको छ। सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले एक प्रतिवेदन सार्वजनिक गर्दै भनेका छन्, ‘पृथ्वीले विपद्को संकेत गरेको लामो समय भयो। अब पनि सचेत नबने कहिले बन्ने ?’ 

गएको आठ वर्ष पृथ्वीमा हालसम्मकै सबैभन्दा बढी तापक्रम भएका वर्षहरूका रूपमा दरिने जनाएको थियो। कोप–२७ भनेर चिनिने इजिप्टको यो सम्मेलनमा १ सय २० जनाभन्दा बढी विश्व नेताले जलवायु परिवर्तनबाट पर्ने विश्वव्यापी असरका सम्बन्धमा चालिनुपर्ने कदमहरूकाबारे  दुई सातासम्म विभिन्न छलफल र वार्ताहरूमा सहभागिता जनाउँदै छन्।

कोप–२७ का अध्यक्ष इजिप्टका विदेशमन्त्री सामेह शुक्रीले रूसले युक्रेनमा गरेको अतिक्रमणबाट सिर्जना भएको खाद्य तथा ऊर्जा संकटको अवस्थालाई जलवायु परिवर्तनसँग जुझ्ने कार्यको बाटोमा अवरोध बन्न नदिन नेताहरूलाई आग्रह गरेका थिए। 

राष्ट्रसंघका महासचिव गुटेरसले सम्मेलनमा पठाएको एक भिडिओ सन्देशमा सन् २०२२ मा विश्वमा जलवायु परिवर्तनबाट परेको प्रभावसम्बन्धी एक प्रतिवेदन, द स्टेट अफ ग्लोबल क्लाइमेट रिपोर्ट २०२२, लाई ‘जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट सिर्जित भद्रगोलपूर्ण अवस्थाको अभिलेख’ भनेका छन्। उक्त प्रतिवेदनमा वैज्ञानिकहरूले अनुमान गरेअनुसार विश्वको तापक्रम औद्योगिकीकरण युगभन्दा अघिको समयको दाँजोमा १.१५ डिग्री सेल्सिअसले वृद्धि भइसकेको छ। गत आठ वर्ष पृथ्वीमा सबैभन्दा तातो वर्षको रूपमा रहने बाटोमा पनि छन्। उक्त प्रतिवेदनले जलवायु परिवर्तनबाट पर्ने व्यापक असरहरूका बारेमा पनि चेतावनी दिएको छ जसमा समुद्रको सतह बढ्ने क्रम तीव्र हुने, हिमनदीहरूको आकारमा ठूलो ह्रास हुने र गर्मीका लहरहरू झन् चर्केर जाने अवस्थाहरू पनि पर्छन्। 

महासचिव गुटेरसले भनेका छन्, ‘उक्त प्रतिवेदनले फेला पारेका तथ्यहरूका आधारमा कोप २७ अति जरुरी र विश्वसनीय कदमहरू चाल्ने निर्णय लिने स्थान हुनुपर्छ।’ विश्व नेताहरूले सोमबार र मंगलबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रमहरू छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.