'मसालकै कारण प्यूठान पछाडि पर्‍यो'

'मसालकै कारण प्यूठान पछाडि पर्‍यो'

स्वर्गद्धारी (प्यूठान) : नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व खानेपानी मन्त्री मणीचन्द्र थापाले यसअघि जिल्लाबासीले जिताएर पठाएका जनप्रतिनिधी र उनीहरुको पार्टी कमजोर हुँदा प्यूठानको विकास सोचे अनुसार हुन नसकेको बताएका छन्। जिल्लाको विकासमा नेकपा मसाल बाधक बनिरहेको उनको बुझाइ छ। 

स्वर्गद्वारी नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी थापाले नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्टि जनमोर्चाको नेतृत्वलाई जनप्रतिनिधी चुनेर पठाएमा जिल्ला फेरि पछाडि पर्ने उनको तर्क छ। जिल्लाबाट निर्वाचित जनप्रतिनिधीको पार्टी राष्ट्रिय जनमोर्चाले विकास र समृद्धीको कुरा गर्नुको साटो जहिल्यै विरोध र भण्डाफोरको मात्र नारा सुनाइरहँदा नागरिक हैरानी भएको उनको भनाइ छ। 

‘चुनावको बेला जनताले सही पार्टी र नेतृत्व छान्नुपर्छ’, थापाले भने,‘ठोस समयमा ठोस निर्णय गर्न सकेनौँ भने त्यसको दुरगामी असर भावी पुस्तामा पर्छ।’थापाले राष्ट्रिय स्तरको पार्टी र पहुँच राख्नसक्ने नेतृत्वलाई जनप्रतिनिधी बनाएर पठाएमात्र जिल्लाको विकासमा पहल गर्न सहज हुने बताए।

पूर्व खानेपानी मन्त्रीसमेत रहेका थापाले आफू जनप्रतिनिधी नभए पनि प्यूठानको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गरे। आफू मन्त्री र प्रतिनिधीसभा सदस्य सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदा जिल्लाको विकासमा करौडौँ बजेट पठाएको थापाले स्वर्गद्धारीबासीलाई सुनाए। तर, जिल्लाबाट निर्वाचित जनप्रतिनिधीले आफूसँग कहिल्यै पनि यहाँको विकासका बारेमा चासो र चिन्ता नगरेको उनले अनुभव सुनाए।

उनले दिगो विकासका लागि स्थायी सरकार र बोलियो पार्टी हुनुपर्ने बताए। देशमा धेरै टुक्रे पार्टी आवश्यक नभएको धारणा राख्दै थापाले एउटा कम्युनिष्ट र अर्को नेपाली कांग्रेस पार्टी मात्र जनताले चाहेको सुनाए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.