उम्मेदवारी निस्क्रिय गरी कांग्रेसलाई समर्थन गर्ने पौडेल र पोखरेलको घोषणा

उम्मेदवारी निस्क्रिय गरी कांग्रेसलाई समर्थन गर्ने पौडेल र पोखरेलको घोषणा

स्याङ्जा : स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवारी दर्ता गराएका नेपाली कांग्रेस (वी.पी.) तर्फका उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका छन्। 

प्रजातान्त्रिक समाजवादको आर्दश र मूल्यमान्यताबाट मात्र मुलुकको सामाजिक तथा आर्थिक परिवर्तन हुन सम्भव भएको जनाउँदै नेपाली कांग्रेसतर्फका संघीय उम्मेदवार राजु थापा र प्रदेश उम्मेदवार कुमार रानालाई समर्थन गर्ने प्रतिवद्धता जनाउँदै उम्मेदवारी निस्क्रिय बनाएको जनाएका छन्।  

पौडेलसँगै प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवार जगतबन्धु पोखरेलले पनि आफ्नो उम्मेदवार निस्क्रिय पारेको जनाउँदै थापा र रानालाई समर्थन गर्ने जनाएका छन्। 

पौडेल र पोखरेल दुबैले आइतबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी आ-आफ्ना उम्मेदवारी निस्क्रिय बनाएको घोषणासँगै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन्। 

आँधीखोला गाउँपालिका निवासी प्रदीप पौडेल २०२५ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसमा आजसम्म क्रियाशिल छन्। उनी २०२९ सालमा पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू निर्वाचनमा निर्वाचित हुने पहिलो सचिव भएका थिए भने पञ्चायतीकालमा निरंकुशताविरुद्धको आन्दोलनमा पटक-पटक यातनासहित शिक्षक पदबाट समेत निलम्बनका परे। 

स्याङ्जा कांग्रेसका अग्रज नेता, बलियो शालिन नेतामा उनी गनिन्छन्।  राजनीतिक परिवर्तनका विभिन्न आन्दोलनमा कांग्रेसका तर्फबाट उनको सक्रिय भूमिका रहँदै आएको छ। 

यसै गरी २०३७ सालदेखि नेपाल विद्यार्थी संघगठनबाट राजनीतिमा लागेका पोखरेल निवृत्त राष्ट्रसेवक हुन्। राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिवद्ध भइ प्रजातन्त्रको पक्षमा वकालत गर्न नेपाली कांग्रेबाट मात्र सम्भव भएको जनाउँदै समानुपातिकतर्फमा सूचिकृत आफ्नो उम्मेदवारी निस्क्रिय बनाउँदै कांग्रेसका पक्षमा उभिएको जनाए। 

नेपाली कांग्रेस (वीपी) का उम्मेदवारले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएसँगै अब स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को एक पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पाटी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माओवादी समाजवादी, मंगोल नेशनल अर्गानाइजेशन, जनसमाजवादी पाटी नेपाल गरी ११ जना चुनावी प्रतिस्पर्धामा छन्।  

यसअघि १५ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये दुई स्वतन्त्र र नेकपा एकीकृत समाजवादीले तोकिएको समयमा उम्मेदवारी फिर्ता लिइसकेका छन् भने नेपाली कांग्रेस (वीपी) अहिले निस्क्रिय बनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.