भक्तपुरमा आज 'सकिमङ्गा 'पुन्ही मनाइँदै
![भक्तपुरमा आज 'सकिमङ्गा 'पुन्ही मनाइँदै](https://annapurnapost.prixacdn.net/media/albums/pidalu_20221108121431_BVzyBZKYJW.jpg)
भक्तपुर : खाद्यवस्तुको पनि पर्व हुन्छभन्दा धेरैलाई आश्चार्य लाग्न सक्ला। तर, आज भक्तपुरमा पिँडालुको पर्व मनाइदैछ। यो नेवार समुदायले मात्र मनाउने गर्छन्।
नेपालभाषमा सकि भनेको पिँडालु र मना भनेको उसिन्नुलाई भन्निछ । यसैले सकिमङ्गाको अर्थ पिँडालु उसिनेर खानु हो । यसदिन विभिन्न देवतालाई चढाउने पनि गरिन्छ । सकिमङ्गा पुन्हीका दिन साँझतिर मठमन्दिर, देवालय पीठमा विहारको चोकका जहाँ दाफा भजन संचालन भइरहको हुन्छ । ती ठाउँमा गुठी परिवार मिलेर बनाउने चलन छ ।
यो दिन जमिनमूनि फल्ने खानेकुराहरु खाने चलन छ । जस्तै पिडालु, सखरखण्ड । नेवारहरुले भने खाने मात्र नभइ बेलुकी दाफा भजनले आ-आफ्नो टोलका दाफा भजले नसा व्य ज्या (भुटेका अन्न र गेडागुडीको कला प्रदशनी) गरिन्छ । भटमास, मकै, गहुँ इत्यादी भुटेका गेडागुडीले मन्दिरको आकृति बनाएर प्रदशनी गर्ने गरिन्छ ।
संस्कृतिविद ओम धौभडेलले नेवार समुदायमा पत्येक १५ पन्ध्र दिनमा एउटा न एउटा पर्व आउने बताउँछन् । त्यसमध्ये सकिमङ्गा पुन्ही पनि एक महत्वपूर्ण पर्व रहेको उनी बताउँछन् । यसदिन विभिन्न ठाउँहरुमा मेला लाग्ने पनि गर्दछ ।
संस्कृतविद् धौभडेलका अनुसार यो पर्व मौसमसँग सम्बन्धित रहेको छ । जाडोयाम सुरु भएको संकेतको पर्वको रुपमा यो पर्व मनाउने उनी सुनाउँछन् । जाडो याममा तातोतातो पिडालु उसिनेर खाने चलनको रुपमा यो परम्परा सुरु भएको उनी बताउँछन् ।
पर्वका क्रममा यहाँका स्थानीयहरु यो दिन मकै, भटमास, बदामलगायतका गेडागुडी पनि भुटेर खाने गर्छन् । साथै सखरखण्ड, तरुल पनि पकाएर खाने गर्दछन् । पर्वको क्रममा मंगलबार बिहानदेखि ठाउँठाउँका महादेव, नारायण मन्दिरहरुमा विशेष मेला पनि लागेको छ ।
यस क्रममा दिनभर जिल्लाको चागुनारायण मन्दिर, कमलविनायकस्थित यातु गणेश, काभ्रे र भक्तपुरको सिमानास्थित आशापुर महादेव, गुण्डुको अनन्तलिंगेश्वर, सिपाडोलको डोलेश्वरलगायतका मन्दिरमा विशेष मेला लागेको छ ।
यसदिन भक्तपुर नगरका ठाउँठाउँमा भुटेको मकै, भटमास, बदामलगायतका खाद्यान्नबाट भुइँमा विशेष प्रकारको पाचतल्ले मन्दिर आकारका चित्र बनाइने चलन छ । साथै यातु गणेशमा पनि यसैगरी भुटेको मकै, भटमासबाट भुइमा यातु महादेव बनाइने चलन छ ।
यस दिनको पर्वको अर्को विशेष आकर्षण भजन गाउनु पनि हो । यस क्रममा ठाउँठाउँका पाटीमा समूह -समूह मिलेर विभिन्न बाद्यबादनका साथ बाजागाजासहित भजन गाइएको छ । विशेषगरी बुढापाकाहरु ठाउँठाउँका पाटीमा बसेर भजनमा रमाउने गर्छन्। पर्वका क्रममा महिलाहरु ब्रत पनि बस्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)