नमस्ते सहकारीका अध्यक्ष र प्रबन्धक फरार

नमस्ते सहकारीका अध्यक्ष र प्रबन्धक फरार

गुलरिया : बर्दियाको गुलरिया नगरपालिका–६ स्थित मुख्य बजारमा सञ्चालित नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष र प्रबन्धक फरार भएका छन्। बर्दियाको गुलरियामा फलफूल पसल गर्दै आएका भोला गोडिया सहकारीमा आफूले जम्मा गरेको रकम निकाल्न पुग्दा फरार भएको थाहा पाए । बचत गरेको रकम नपाइने डरले उनको उनको भोक निद्रा सबै हराएको छ।

सहकारीमा बचत गरेको ५ लाख ५८ हजार रुपैयाँ फिर्ता हुने नहुनेमा उनी निकै चिन्तित छन्। उनी मात्र होइन बर्दियाको बारबर्दिया र राजापुर नगरपालिकामा समेत शाखा सञ्चालन गरी बचत संकलन गर्दै आइरहेको सहकारी एकाएक मुख्य सञ्चालक सम्पर्कमा नआएपछि जिल्लाका करिब २ हजारभन्दा बढी बचतकर्ताहरू आफूले बचत गरेको रकमको सुरक्षा हुने नहुनेमा चिन्तित छन्।

सामान्यदेखि करिब साढे १ करोड रुपैयाँसम्म जम्मा गरेका बचतकर्ताहरू यतिखेर पीडित बनेर प्रशासनसँग रकम दिलाइदिन गुहार मागिरहेका छन्। व्यापारीलगायत स्थानीयको विश्वास जितेको सहकारीमा एकाएक अध्यक्ष र व्यवस्थापकको नियतमा खोट देखिएपछि सहकारीप्रतिको विश्वास गुमेको छ। छठ पर्वको अर्को दिनदेखि सहकारीमा बचत फिर्ता गर्नेको घुइँचो लाग्यो। राजापुर, बारबर्दियालगायतका बचतकर्ताहरू प्रहरी प्रशासन धाउन थालेको गुलरिया नगर सहकारी संजालकी अध्यक्ष इन्दिरा सुवेदीले बताइन्। 

‘ती दुवै जना फरार भएको खबर पाएपछि हामी सहकारीको कारोबार नोटिस गर्न पुग्यौं। हाम्रो प्रारम्भिक अनुगमनबाट बचतकर्ताहरूको २६ करोड ६८ लाख ९१ हजार ७२५ रुपैयाँ बचत देखिन्छ’, उनले भनिन्, ‘जसमा २१ करोड ११ लाख ३ हजार ६२ रुपैयाँ ऋण लगानी छ। शेयर पुँजी १ करोड ९१ लाख २० हजार ४१४ रुपैयाँ छ। कर्मचारीहरूले २ करोड २६ लाख ६९ हजार १७० रुपैयाँ पेस्की लगेको देखिन्छ।’ उनका अनुसार नमस्ते सहकारीले राष्ट्रिय सहकारी बैंकको १ करोड ७७ लाख रुपैयाँ ऋण लिएको देखिन्छ। सहकारीका अध्यक्ष नगेन्द्र रिमाल र व्यवस्थापक संजीव महतो अझै सम्पर्कमा आएका छैनन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.