४३८ अर्ब बराबरको बीटक्वाइन चोरीको राज खुल्यो

४३८ अर्ब बराबरको बीटक्वाइन चोरीको राज खुल्यो

न्युयोर्क : अमेरिकाको न्याय विभागले ३.३६ अर्ब डलर अर्थात् ४ खर्ब ३८ अर्ब बढीको बीटक्वाइन चोरीको खुलासा गरेको छ। उक्त बीटक्वाइन डार्कनेट वेवसाइटबाट चोरी भएको थियो।

५० हजारभन्दा बढीको उक्त बीटक्वाइन ह्याकरको घरमा फेला परेको न्याय विभागले जनाएको छ। जेम्स नामक ह्याकरले सन् २०१२ मा सिल्करोड वेवसाइटबाट उक्त बीटक्वाइन चोरी गरेको बताइएको छ।

अमेरिकी अधिकारीहरुले यो घटना इतिहासमा दोस्रो ठूलो रहेको बताएका छन्। प्रहरीले एक वर्ष अगाडि नै ह्याकरको घरबाट छापा मारी उक्त बीटक्वाइन जफत गरे पनि उक्त घटना हालै सार्वजनिक गरिएको हो।

बीटक्वाइनको मूल्य आकाशिएको बेला प्रहरीले छापा मारेर घटनाको पर्दाफास गरेको थियो।

प्रहरीका अनुसार ह्याकरले शौचालयभित्र लुकाएर राखिएको लकरबाट कम्प्युटरको हार्डड्राइभ फेला पारेको र त्यही बीटक्वाइन राखिएको जनाएको छ। उक्त लकर 'पपकर्न'को डब्बामा राखिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार ह्याकरले उक्त वेवसाइटमा एउटा गल्ती पत्ता लगाएर बीटक्वाइन चोर्न सफल भएका थिए। ह्याकरले सुरुमा थोरै-थोरै रकम आफ्नो खातामा पठाएका थिए। उनले सन् २००१ देखि २०१३ सम्म बीटक्वाइन चोरेका थिए।

जेम्सले बीटक्वाइन चोरेको आरोप स्वीकार गरेका छन्। प्रहीले बीटक्वाइन खोज्न क्रिप्टोकरेन्सी खोज्ने प्रविधिको प्रयोग गरेको बताएको छ। ह्याकरलाई कति सजाय हुनेबारे बसह हुन बाँकी छ। कानुनविद्हरुले भने २० वर्षसम्म कैद सजाय हुनसक्ने आँकलन गरेका छन्।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.