प्यूठानका मतदान केन्द्रमा १७८३ कर्मचारी खटाइयो

प्यूठानका मतदान केन्द्रमा १७८३ कर्मचारी खटाइयो

प्यूठान : आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्यूठानमा १ हजार ७ सय ८३ जना कर्मचारी खटाइएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगाले मतदान केन्द्रहरूमा खटिने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको हो। 

जिल्लाभर कुल २ सय २३ वटा मतदान केन्द्रहरू रहेको सहायक निर्वाचन अधिकृत वीरेन्द्रप्रकाश खड्काले जानकारी दिए। 

मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी एउटा मतदान केन्द्रमा सात जना बाहेक अन्य सवैमा आठ/आठ जना कर्मचारी खटिएका खड्काले बताए।

जिल्ला कारागार खलंगामा अस्थायी मतदान केन्द्र संचालनका लागि माग गरिएको र स्वीकृत हुन बाँकी रहेको उनले जानकारी दिए। कारागार मतदान केन्द्रमा पाँच जना कर्मचारी खटिने छन्। 

खटिएका कर्मचारीहरूलाई कात्तिक २४, २५ र २६ गते तालिम दिइसकेपछि मंसिर १ गतेदेखि आआफ्नो क्षेत्रमा पुग्ने छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.