यही अवस्थामा भोट किन हाल्ने भनेर जनतालाई सम्झाउँछौँ: प्रकाण्ड (भिडियो वार्ता)
काठमाडौं: देशभर चुनावी सरगर्मी छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रचारमा व्यस्त छन् । चुनावी अभियानका क्रममा भएका विभिन्न कार्यक्रम तथा उम्मेदवारको घरदैलो कार्यक्रमले चुनावी महौल बढेको छ ।
तर, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भने चुनाव बिथोल्ने चेतावनी दिँदै आएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले चुनाव विरोधी गतिविधिका विषयमा प्रष्ट पार्दै भोट हाल्न मतदातालाई नरोक्ने तर जनतालाई किन भोट हाल्ने भनेर 'कन्मिन्स' गराउने अभियानमा रहेको बताएका छन् ।
उनले देश लोकतन्त्रमा छ भन्ने जनता भोकतन्त्रमा हुँदा राज्यले कुनै सुनुवाइ नगरेपछि देशको स्वाधीनताका लागि जनमत संग्रहको माग गरेको बताए । आफ्ना माग पूरा गर्न पार्टी दृढ भएर लागेको उनले बताए । विश्वकर्मासँग अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलले गरेको कुराकानी हेर्नुहोस् ।