अमेरिकामा मध्यावधि चुनावमा मतदान सुरु
वाशिङ्टन : अमेरिकामा मंगलबार मध्यावधि निर्वाचनमा मतदान सुरु भएको छ। रिपब्लिकनहरूले कङ्ग्रेसको बहुमतलाई चुनौती दिँदै अर्को दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्न र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस फर्कने बाटो खुला गर्ने दाबी गरिरहेका छन्।
देशको पूर्वी तटमा मतदान केन्द्रहरू बिहान ६:०० बजेदेखि खुला गरिएका छन्। प्रतिनिधि सभा र सिनेट दुवै सदनको लागि लागि चार करोडभन्दा बढी मतदाताहरूले देशभर पूर्व-निर्वाचन मतदानमा मतदान गरिसकेका छन्।