सेनाको प्रशिक्षण केन्द्र पुगेर चिनियाँ राष्ट्रपतिले भने- 'लड्ने र जित्ने क्षमता बढाउनुस्
बेइजिङ : चिनियाँ राष्ट्रापति सी जिङपिङले मंगलबार केन्द्रीय सैन्य आयोग (सीएमसी)को संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरी कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनको मार्गदर्शक सिद्धान्तहरू कार्यान्वयन गर्ने नयाँ सीएमसीको अडान प्रदर्शन गरेका छन्। चीनको सीपीसी र सेनाको प्रशिक्षण र लडाइँ तयारीमा वृद्धिका निम्ति यो महत्त्वपूर्ण मानिएको छ।
सीपीसी केन्द्रीय समितिका महासचिव, सीएमसीका अध्यक्ष र सीएमसी संयुक्त अपरेशन कमाण्ड सेन्टरका कमाण्डर-इन-चीफसमेत रहेका सीले सम्पूर्ण सेनाले लडाइँ तयारीका लागि आफ्नो सम्पूर्ण शक्ति समर्पित गर्नुपर्ने र आफ्ना सबै काम पूरा गर्नुपर्ने बताए।
'लड्ने र जित्ने क्षमता बढाउनु होस् नयाँ युगमा प्रभावकारीरूपमा आफ्नो मिसन र कार्यहरू पूरा गर्नुहोस्,' सीले भने।