डोटीमा गएको भूकम्पको धक्का भारतको दिल्ली लगायत विभिन्न क्षेत्रमा महसुस
नयाँदिल्ली : दिल्ली–एनसीआरमा राति भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ। बुधबार मध्यरातमा गएको भूकम्पको धक्का दिल्ली–एनसीआरसहित उत्तर भारतका विभिन्न स्थानमा महसुस गरिएको छ ।
दिल्ली एनसीआरमा करिब २० सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । भारतीयको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ९ नोभेम्बर राती १ बजेर ५७ मिनेट २४ सेकेण्ड(भारतीय समय)मा भूकम्प गएको हो । यसको केन्द्र 10 किलोमिटर गहिरो थियो।
दिल्लीमा यस भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएको थियो। धेरै क्षेत्रका मानिस राति अबेरसम्म घरबाट बाहिर निस्किएका थिए।
भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् ।
पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको हो । ५ जना घाइते उपचारका लागि अस्पतालमा छन् ।
थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको छ । अधिकांश स्थानीयका घरहरू भत्किएका छन्, स्थानीय त्रसित देखिएका छन् ।
भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रको समेत ठाउँठाउँमा पहिरो गएको छ।
त्यसअघि मंगलबार राति ९ :७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि समेत पटक पटक भूकम्पका धक्का महसुस गरिएको छ।