विप्लवका चारजना कार्यकर्ता प्रहरीको नियन्त्रणमा

विप्लवका चारजना कार्यकर्ता प्रहरीको नियन्त्रणमा

बेनी : मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा म्याग्दीमा नेत्रविक्रम चन्द (विप्लव सि) का चारजना कार्यकर्तालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

बेनीको जिपपार्कमा भित्तेलेखन गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा नेकपा सिका उषा मगर, नविन सि, रोहित सि र विशाल सन्यासी रहेका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।  

उषा नेकपा सिका जिल्ला सेक्रेटरी, नविन सि युवा संगठनका जिल्ला अध्यक्ष हुन् ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कारका लागि अपिल गर्दै भित्तेलेखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ढकालले बताए । चारजनालाई नै जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.