स्याङ्जामा नेकपा एसका प्रदेशसभा उम्मेदवार भट्टराईले गरे उम्मेदवारी निस्क्रिय

स्याङ्जामा नेकपा एसका प्रदेशसभा उम्मेदवार भट्टराईले गरे उम्मेदवारी निस्क्रिय

स्याङ्जा : स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. २ को १ प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) तर्फका उम्मेदवार रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको जनाएका छन्। 

उम्मेदवारी दर्ताको ठिक एक महिनापछि उनले आफनो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका हुन्। नेकपा एसका केन्द्रीय अध्यक्षको निर्देशन र आफ्ना नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको रायसुझाव बमोजिम बुधबारैदेखि आफ्नो उम्मेदवारीलाई निस्क्रिय पारेको बुधबार जारी प्रेसविज्ञप्ति मार्फत् जानकारी गराइएको हो।  

विज्ञप्तिमा भनिएको छ, '२०७९ मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ५ दलीय बाम लोकतान्त्रिक गठबन्धन बनेको कुरा सर्वाविधितै छ। निश्चित मूल्य, मान्यता र मापदण्डको आधारमा पाँच दलीय गठबन्धनको सिट बाँडफाँडको साझा सहमतिमा आफ्नो उम्म्देवारी रहेको र साझा सहमति र निर्णय विपरित नेपाली कांग्रेसबाट पनि सोही पदमा उम्मेदवारी परेकाले एक राजनैतिक एवं सामाजिक अभियन्ताको हैसियतले दुःख र अफठ्यारोमा सधैंभरी सहयोग गर्ने प्रतिवद्धता जनाउँदै निस्क्रिय बनाएको हो।’

आसन्न निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर २ (क) मा अब ५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ। 
प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसतर्फका भोजराज अर्याल, नेकपा एमालेका मोहनप्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चाका हुमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका राजु गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर गैह्रे र स्वतन्त्रका धन बहादुर गुरुङको उम्मेदवारी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.