मुस्ताङको नमूना मतदान: एक मतपत्रमा औँठा छाप

मुस्ताङको नमूना मतदान: एक मतपत्रमा औँठा छाप

जोमसोम: मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा आईतबारदेखि धमाधम पालिकास्तरीय नमूना मतदान सञ्चालन भईरहेको छ । जिल्ला निर्वाचन कार्यालय मुस्ताङले आईतबार उपल्लो मुस्ताङको लोघेकर–३ घीलिङ र सोमबार उपल्लो मुस्ताङको लोमान्थाङमा नमूना मतदान सम्पन्न गरेको छ ।

लोमान्थाङमा भएको नमूना मतदानमा एक मतपत्र औठा छाप लगाएर मतदान गरेको भेटिएको छ । लोमान्थाङमा ७८ जनाले नमूना मतदानमा भाग लिएकोमा ८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समीर थापाले जानकारी दिए ।

‘लोमान्थाङमा जाडो छल्न मतदाता बेसी झरेपनि आशिंक रुपमा नमूना मतदान उत्साहजक रुपमा सफल भयो,'  उनले भने, '८ मत बदर भएकोमा एक मतमा औठा छाप प्रयोग भएको पाईयो ।’

यस्तै, लोघेकरको घीलिङमा भएको नमूना मतदानमा ३८ जनाले मतदान गरेकोमा १५ मत बदर भएको सूचना अधिकारी थापाले बताए । मंगलबार थासाङको टुकुचेमा नमूना मतदान सम्पन्न भएको छ भने अब बारागुङ मुक्तिक्षेत्र गापा र घरपझोङमा नमुना मतदान गर्ने कार्यक्रम रहेको उनले बताए । 

लोमान्थाङमा भएको नमूना मतदानमा स्थानीयलाई नमूना मतदानबारे स्थानीय भाषा र नेपाली भाषामा जानकारी गराईएको थियो । स्थानीय भाषाको सहजीकरण लोमान्थाङ–५ का वडा सदस्य छेवाङ रिङझिङ गुरुङ र नेपाली भाषाको सहजीकरण सूचना अधिकारी समीर थापाले गरेका थिए ।
 
मुस्ताङमा आईतबारदेखि धमाधम मतदाता शिक्षा तालिम सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यालयको अगुवाइमा जिल्ला मतदाता शिक्षा समन्वय समिति गठन गरेको छ । यस्तै पालिका स्तरीय र वडास्तरीय मतदाता शिक्षा तालिम सम्पन्न भईसकेको सूचना अधिकारी थापाले बताए ।

‘ जिल्ला, पालिका र वडा स्तरका सबै मतदाता शिक्षा तालिम सम्पन्न भईसकेका छन्', उनले भने, ‘अब धमाधम पालिका र वडाबाट खटाईएका स्वास्थ्य स्वयंसेविकाहरु मतदाताको घरदैलोमा पुगेर मतदाता शिक्षा दिने प्रक्रिया अघि बढिसकेको छ ।’

मुस्ताङका ५ स्थानीय तहमा १० हजार ९५७ जना मतदाता छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.