काठमाडौं-८ मा पर्यटनमन्त्री र एमालेका राजवैद्यलाई सुमन सायमीको टक्कर !

काठमाडौं-८ मा पर्यटनमन्त्री र एमालेका राजवैद्यलाई सुमन सायमीको टक्कर !

काठमाडौं: काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा चुनावी माहौल दैनिक तातिंदै छ । यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, एमालेका शिवसुन्दर राजवैद्य र हाम्रो नेपाली पार्टीका सुमन सायमीबीच कडा टक्कर हुने अनुमान गरिएको छ । 

यो निर्वाचन क्षेत्रमा २८ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १३ जना स्वतन्त्र उम्मेदवार छन् ।
 

सत्ता गठबन्धन सामूहिकरुपमा चुनावी अभियानमा होमिरहँदा एमाले र जनता समाजवादी पार्टीले गर्ने भनेको तालमेल अन्तिम समयमा हुन सकेन् । 

यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका श्रेष्ठ, एमालेका राजवैद्य, हाम्रो नेपाली पार्टीका सुमन सायमी, जसपाका मनोजकुमार खड्गी, राप्रपाका प्रकाश रिमाल तीव्र प्रतिस्पर्धासहित चुनावी मैदानमा छन् । 

२०७४ सालको निर्वाचनमा श्रेष्ठनै विजयी भएका थिए । १३ हजार ३९७ मत ल्याएर श्रेष्ठ विजयी हुँदा कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत ल्याएका थिए । यी दुईबीचको मतान्तर ४४४ थियो । जोशीको निधन भइसकेको छ ।  २०७० सालको संविधानसभा निर्वाचनमा भने श्रेष्ठलाई जोशीले पराजित गरेका थिए । 

तेस्रो विवेकशील साझा पार्टीका पुकार बम बनेका थिए । बमले ४ हजार ११४ मत ल्याएका थिए । बमले यो पटकको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । गत प्रतिनिधि सभा निर्वाचनमा ३३ हजार ७१ मत खसेको थियो ।
 
यो निर्वाचनमा काठमाडौं-८बाट प्रतिस्पर्धामा उत्रिएका वर्तमान सरकारका मन्त्रीसमेत रहेका श्रेष्ठ युवाअवस्थादेखि नै राजनीतिमा सक्रिय छन् । स्वयम्भुमा जन्मिएका उनी वडाध्यक्ष, संघीय सांसद हुँदै पर्यटन मन्त्री बनेका छन् । २०४२ मा तत्कालीन नेकपा(माले) को वडा सचिवबाट राजनीतिमा प्रवेश गरेका उनले तत्कालीन एमालेका विभिन्न कमिटीमा रहेर काम गरेका थिए । एमालेको भातृसंगठन युवा संघमा उनी उपाध्यक्ष पनि भए । 

एमालेको आठौं र नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा रहेर आफ्नो राजनीतिलाई अघि बढाएका श्रेष्ठ २०७८ मा एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीतर्फ लागे । उनी अहिले एकीकृत समाजवादीका केन्द्रीय सचिव हुन् । उनी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा वडाध्यक्षमा निर्वाचित भएर काम गरेका थिए । 

श्रेष्ठले तत्कालीन खेलकुदमन्त्री विष्णु पौडेलको पालामा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको नियुक्ति पाएका थिए । श्रेष्ठ २०७६ मा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष बनेका थिए । त्यसअघि ओलम्पिक कमिटीको दुई कार्यकाल महासचिवको रुपमा काम गरेका थिए । 

पार्टी राजनीति र खेलकुदसँगै उनी स्वास्थ्य क्षेत्रमा पनि संलग्न छन् । उनी हाल सामुदायिक स्वास्थ्य सेवा परिषदको संरक्षकका रुपमा छन् ।

यो क्षेत्रमा सायमी पनि कडा प्रतिस्पर्धीका रुपमा चिनिएका छन् । सायमी उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अध्यक्ष हुन । साथै उपत्यका सरोकार मञ्चक अध्यक्षमा सायमी नै छन् । एक दशकदेखि काठमाडौंमा देखिएका समस्यालाई हल गर्न अभियन्ताका रुपमा सामयी खट्दै आएका छन् ।  उनी काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर प्रतिस्पर्धा गरे पनि अर्का स्वतन्त्र उम्मेदवार बालेन्द्र साहसँग पराजित भएका थिए । 

सायमीले सांस्कृतिक सम्पदा संरक्षणमा निरन्तर आवाज उठाउँदै आएका छन् । स्थानीय तह निर्वाचन पछि सायमी स्वतन्त्र अभियानमा सक्रिय छन् ।

६५ वर्षका शिवसुन्दर राजवैद्य एमालेका पुराना नेता हुन् । राजवैद्य २०३६ सालदेखि राजनीतिमा छन् । नेकपा माले निकटको नेपाल स्वतन्त्र मजदुर युनियनबाट राजनीतिमा जोडिएका वैद्यले काठमाडौं जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरेको अनुभव छ । मतदातासँग नजिक भएको दावी गर्ने उनले विकास निर्माणका काममा जनतासँगै रहेकाले काठमाडौं-८ का मतदाताको मत आफूलाई आउनेमा दावी गरे। 

यस्तो छ काठमाडौं-८ को अंकगणीत 
काठमाडौं-८ मा अहिले ५३ हजार १०६ मतदाता छन् । २०७४ सालको निर्वाचनमा ५० हजार ८८ मतदाता रहेको यो क्षेत्रमा अहिले ३ हजार १८ मतदाता थपिएको निर्वाचन आयोगको अद्यावधिक तथ्यांकले देखाउँछ । नयाँ मतदाता अधिकांश २१ देखि ४५ वर्ष उमेर समूहका छन् ।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको वडा नम्बर १३, १५, १९, २०,२३ र २४ पर्छन् । कालीमाटी, डल्लु, भीमसेनस्थान, मखनजस्ता बढी जनघनत्वका ठाउँ यही क्षेत्रमा पर्छन् । त्यस्तै, नागार्जुन नगरपालिकाको वडा नम्बर ४ र ५ यही क्षेत्रमा छन् । 

गत स्थानीय तहको निर्वाचनलाई नियाल्दा अधिकांश वडामा कांग्रेसले जितेको छ ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा काठमाडौं महानगरको १९, २०, नागार्जुन नगरपालिकाको ४ नम्बर वडा कांग्रेसले जितेको छ । काठमाडौं महानगरको वडा नम्बर १३ र २३ मा एमालेले जितेको थियो । 

काठमाडौं महानगरको १५ नम्बर वडा नेकपा एकीकृत समाजवादी, नागार्जुनको ५ नम्बर वडा राप्रपा विजयी भएको थियो । 

यो मत हेर्दा काठमाडौं-८ मा कांग्रेसको मत पहिलो छ । कांग्रेसले ११ हजार ७९६ मत ल्याएको छ। त्यस्तै एमालेले ९ हजार २५३, राप्रपाले ५ हजार १४२, राप्रपाले ३ हजार १९९, माओवादी केन्द्रले १४२ मत ल्याएको थियो । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारको पनि बलियो उपस्थिति देखिएको छ । यो क्षेत्रमा पर्ने काठमाडौंका विभिन्न ६ वटा वडाबाट बालेन्द्र शाहले ६ हजार १४५ मत प्राप्त गरेका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.