अछाममा निरन्तर भूकम्पको पराकम्प, दर्जनौं घरमा क्षति

अछाममा निरन्तर भूकम्पको पराकम्प, दर्जनौं घरमा क्षति

अछाम : मंगलबार रातिदेखि पटकपटक आइरहेको भूकम्पको झट्काले अछामका स्थानीयहरु त्रसित भएका छन् । 

अहिले पनि यहाँका स्थानीय बासिन्दाहरु घरभित्र बस्न सकेका छैनन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर मंगलबार राति ९ बजेर ७ मिनेटमा ५.७ सेक्टर स्केलको भूकम्प र  त्यसपछि ६ पटकसम्म पराकम्प महसुस भएको छ। 

फेरि बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले जिल्लामा मानवीय क्षति नभए पनि केहि घरहरु भत्केको र केहि चर्केको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी कैलाश बिष्टले अहिले प्रहरीले घटनाको विवरण संकलन गरिरहेकाले आधिकारी तत्यांक आउन केहि समय लाग्ने बताए । उनले भने,‘अहिले वडा गाउँमा प्रहरी खटाएका छौं,घर पूर्णरुपमा भत्केको र चर्काको भन्ने खबर पाएका छौं,बुझ्न त्यहाँ प्रहरी खटाएका छौं । एकीन तथ्यांक सकंलन गरिरहेका छौं ।’ 

साँफेबगर नगरपालिका १४ पातलकोट भास्कुन गाउँका अधिकांश घरहरु चर्केर बस्नै नमिल्ने अवस्थाको रहेको वडा अध्यक्ष सन्जु थापाले बताए । उनले भने, ‘९३ घरधुरी छन्। अधिकांश चर्केका छन्,सबै स्थानीयहरु घर बाहिर बसेका छन् ,बेला बेलामा भूकम्पको धक्का महसुस भइरहेको छ।'

 साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरका अनुसार अहिले प्रत्येक वडामा पुगेर क्षतिको विवरण संकलनको काम भइरहेको बताए । उनले भने,‘वडा नं ९ बुढाकोट र १४ पातलकोटमा बढि क्षति भएको खबर पाएका 
छौं, स्थानीयहरु त्रसित छन्, डाटा संकलनपछि उचित राहतको व्यवस्था गरिनेछ ।’ 

साँफेबगर नगरपालिका - ६ भाग्यश्वरमा पनि ९ घरमा क्षति पुगेको स्थानीयले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.