फेसन डिजाइनर प्रबल गुरुङलाई अमेरिकामा अवार्ड
काठमाडौं : नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको 'हाउस अफ स्ले'ले 'पोजिटिभ सोसल इन्फ्लुएन्स' अर्वाड पाएको छ। अमेरिकाको फेसन डिजाइनर्सहरुको छाता संगठन सीएफडीएले उक्त उक्त अवार्ड प्रदान गरेको हो।
न्युयोर्कको म्यानहटनमा आयोजित समारोहमा गुरुङ नेतृत्वको टोलीमा आबद्ध रहेका लाउरा किम, फिलिप लाम, टिना ल्युङ र एजरा विलियमले उक्त अवार्ड ग्रहण गरेका थिए। सो संस्थाले विभिन्न विधामा अवार्ड वितरण गरेको थियो।