कञ्चनपुर-३ : निरु पालको उम्मेदवारी रमेश लेखकलाई कति छ भारी?
धनगढी/महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका रमेश लेखक र नेकपा एमालेका निरुदेबी पालबीच प्रतिस्पर्धा भइरहेको छ। लेखकले त्यस क्षेत्रबाट २०५६ र २०७० सालमा प्रत्यक्ष निर्वाचन जितेका थिए। २०६४ सालमा उनी समानुपातिक संविधानसभा सदस्य भए।
तर २०७४ सालको संसदीय निर्वाचनमा भने उनलाई एमालेका डा. दीपक प्रकाश भट्टले पराजित गरे। भट्टले २६ हजार ३६४ मत ल्याएर विजयी हुँदा लेखकले २६ हजार १०१ मतमात्रै ल्याए। २५८ मतको झिनो अन्तरले कांग्रेसका लेखक हारेका हुन्।
कञ्चनपुर-३ मा भीमदत्त नगरपालिकाका १९ वटै वडा, महाकाली पारीका गाउँ भनेर चिनिने दोधारा चाँदनी नगरपालिकाका १० वडा र भीमदत्तसँग जोडिएको बेदकोट नगरपालिकाको एक वडा गरी ३० वडा छन्।
२०६४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भाग्य अजमाएको क्षेत्र हो कञ्चनपुर-३। २०६४ मा देउवा डडेल्धुरा र कञ्चनपुर ४ बाट चुनाव लडेका थिए। त्यसबेला देउवाले जिते पनि। आफू प्रत्यक्ष चुनाव लडने भएपछि देउवाले लेखकलाई त्यतिबेला समानुपातिक (संविधान सभा सदस्य)मा लगेका थिए। तर देउवाले कञ्चनपुर ३ छोडेपछि त्यहाँ उपचुनाव भयो। उपचुनावमा भने नेकपा माओवादी केन्द्रका हरिश ठकुल्लाले बाजी मारे। उनीसँग चुनाव लडेकी निरुदेबी पाल पराजित भइन्।
२०४८ सालको निर्वाचनयता यस क्षेत्रमा तीनपटक कांग्रेस र दुई पटक एमालेले जितेको थियो। एमालेलाई विगतको साख जोगाउनुपर्ने छ भने कांग्रेसलाई गुमेको साख फिर्ता ल्याउनुपर्ने बाध्यता छ।
२०५१ सालको निर्वाचनमा एनपी साउदलाई पराजित गरी एमालेका उर्वादत्त पन्तले कञ्चनपुर ३ जितेका थिए। त्यसको २३ वर्षपछि २०७४ सालमा एमालेका डाक्टर दीपक प्रकाश भट्टले इतिहास दोहोर्याएका हुन्। निरुदेबी पाल, अहिले त्यो विरासत जोगाउन कसिएकी छन्।
‘मैल समानुपातिक सांसद हुँदा कञ्चनपुर ३ मा धेरै काम गरेकी छु। अझ केही अधुरा कामहरु छन्। जनताले विकास गर्ने पार्टी नेकपा एमाले हो भनेर बुझिसकेका छन्। त्यसैले म जित्छु,’ पालले अन्नपूर्णसँग भनिन्।
उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको मजगाउँ विमानस्थल पक्की गर्न एमालेको पालामा बजेट विनियोज नगरेको, त्यहाँसम्म जाने सडकमा बजेटन हाल्न लगाएको दाबी गरिन्। ‘अहिले चुनाव एकातिर चलिरहेको छ। महेन्द्रनगर बजारमा नयाँ सडक बन्न धमाधम काम भइरहेको छ। केपी ओलीको पालामा आएको सघन सहरी विकास आयोजनाले कति धेरै सडक कालोपत्रे भएका छन्,’ पालले भनिन्।
‘दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, त्यहाँसम्मको साढे ७ किलोमिटर चार लेनको सडक, महाकालीमा चार लेनको पक्की पुलहरु सबै एमालेको पालामा बजेट आएर निर्माण भइरहेका छन्,’ उनले थपिन्।
अंकगणितको कुरा गर्ने हो भने कञ्चनपुर-३ मा सत्ता गठबन्धन एमाले र राप्रपाको गठबन्धन भन्दा भण्डै ८ हजार मतले अगाडि छ। कञ्चनपुरका ३० वडमा कांग्रेस एक्लैले १४ वडा जितेको छ। उसको सत्ता साझेदार माओवादीले ३ वडा र समाजवादीले १ वडा जितेको छ।
उता एमालेले पनि ८ वडा र उसँग तालमेल गरेको राप्रपाले ३ वडा जितेको छ। वडागत मतका आधारमा कांग्रेस २१ हजार ७ सय ७२ मत, माओवादी केन्द्र ५ हजार ९ सय ८१ र समाजवादीले ३ हजार १२ मत पाएका छन्। एमाले १६ हजार १ सय १४ मत र राप्रपाले ६ हजार ५ सय ३ मत पाएका छन्। यो क्षेत्रमा राप्रपा र एमालेबीच तालमेल भएको छ। राप्रपाले एमालेलाई केन्द्र र प्रदेश ‘ख’मा सघाउने र एमालेले राप्रपालाई प्रदेश ‘क’मा सघाउने गरी सहमति भएको छ।
‘यस प्रदेशमा एमालेको प्रतिस्पर्धी नै छैन। गठबन्धनभित्र चिराचिरा छन्। त्यसैले एमाले जित्छ,’ चन्दले भने।
सत्ता गठबन्धनका उम्मेदवार रमेश लेखक गठबन्धनका ८ हजार मत बढी हुनु, गठबन्धनले संघीयता र लोकतन्त्र जोगाउन खेलेको भूमिका नै आफ्नो जित्ने आधार बताउँछन्। ‘विकासलाई समृद्धिसँग जोड्ने सत्ता गठबन्धनको लक्ष्य छ। संविधान र लोकतन्त्र धरापमा परेका बेला यस मोर्चाले त्यो दुर्घटना जोगाएको छ। अधिकांस जनता गठबन्धनको पक्षमा छन्’ लेखकले अन्नपूर्णसँग भने।
तर लेखकलाई जित निकाल्न त्यति सहज भने छैन। मुख्य दलहरुसँगै स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन। अझ कांग्रेस परित्याग गरेर नै शारदा चन्द र सिंह स्वतन्त्ररूपमा उम्मेदवार बनेका छन्। दुबै जनाले कांग्रेसका मत काटने अनुमान गरिएको छ। ‘स्वतन्त्रहरुको मत कसैलाई हराउनमात्रै काम लाग्ने देखिन्छ। स्वतन्त्रको कुनै माहोल भने छैन,’ भीमदत्त नगरपालिका-६ का लक्ष्मण अधिकारीले भने।
२०४८ सालको निर्वाचनयता यस क्षेत्रमा तीनपटक कांग्रेस र दुई पटक एमालेले जितेको थियो। एमालेलाई विगतको साख जोगाउनुपर्ने छ भने कांग्रेसलाई गुमेको साख फिर्ता ल्याउनुपर्ने बाध्यता छ।
भीम भट्ट भन्छन, ‘हाम्रो उम्मेदवारको प्रतिस्पर्धा कसैसँग छैन। २०७० मा कांग्रेसले चुनाव जित्दा भएको विकास र ०७४ मा एमालेले चुनाव जित्दा भएको विकासको तुलना गरेर जनताले कांग्रेसलाई भोट हाल्छन्।’
हुन त यसपटक नेकपा फुटेर माओवादी अलग भएको छ भने एमालेबाटै समाजवादी अझ छुट्टिएको छ। कांग्रेस, २०७४ सालको निर्वाचनमा २५८ मतको अन्तरमात्रै भएकाले यसपाली माओवादी र समाजवादीका साथले हौसिएको छ।
नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीम भट्ट भन्छन, ‘हाम्रो उम्मेदवारको प्रतिस्पर्धा कसैसँग छैन। २०७० मा कांग्रेसले चुनाव जित्दा भएको विकास र ०७४ मा एमालेले चुनाव जित्दा भएको विकासको तुलना गरेर जनताले कांग्रेसलाई भोट हाल्छन्।’
तर नेकपा एमाले कञ्चनपुरका जिल्ला सह-सचिव कर्ण चन्द पनि पालको प्रतिस्पर्धी कोही नभएको दाबी गर्छन्। ‘यस प्रदेशमा एमालेको प्रतिस्पर्धी नै छैन। गठबन्धनभित्र चिराचिरा छन्। त्यसैले एमाले जित्छ,’ चन्दले भने।