बेलायती राजा चार्ल्स तृतीयमाथि अण्डा प्रहारको प्रयास

बेलायती राजा चार्ल्स तृतीयमाथि अण्डा प्रहारको प्रयास

लण्डन : बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उनकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले देखाएका छन् ।

एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजा होइन’ भन्दै चिच्याएको सुनिएको थियो र त्यसपछि उनलाई प्रहरी अधिकारीहरूले हिरासतमा लिएका देखाइएको छ । घटनास्थलमा रहेका पत्रकारका अनुसार प्रदर्शनकारीले शाही दम्पतीमाथि अण्डा प्रहार गर्नुअघि उनीविरूद्ध असन्तुष्टि व्यक्त गरेका थिए ।

भ्रमणका लागि ऐतिहासिक मिक्लेगेट बारमा भेला भएको भीडमा अन्य मानिसहरूले आक्रमणकारीप्रति आक्रोश व्यक्त गर्दै उनलाई लाज नभएको मान्छे भनेका थिए । उनीहरूले राजाप्रति सम्मान प्रकट गर्दै ‘भगवानले राजालाई बचाउनुभयो’ भनेका थिए । 

प्रहरीले संदिग्ध अपराधीलाई हिरासतमा लिएको बताइएपछि बेलायती राजा चाल्र्स र क्यामिलाले लर्ड मेयरद्वारा आधिकारिक रूपमा योर्क सहरमा स्वागत गर्न बोलाइएको एक परम्परागत समारोहमा सहभागी भएका थिए ।

बेलायती सञ्चारमाध्यमले आक्रमणकारीलाई पूर्व ग्रीन पार्टीका उम्मेदवार र हाल अस्तित्वमा नरहेको विद्रोही वातावरणीय विरोध समूहका कार्यकर्ताको रूपमा चिनाएका छन् । चार्ल्सकी आमा महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा निधन भएपछि स्थापना गरिएको शालिकको अनावरणमा सहभागी हुन राजपरिवार उक्त ऐतिहासिक सहरमा पहिलो पटक पुगेको थियो ।

चार्ल्सले मङ्गलबार नजिकैको लिड्स सहरमा रहेका कलाकारहरूलाई भेटेका थिए । उनले दासप्रथाबारे बेलायतको भूमिका बिषयक एक कार्यक्रममा सहभागी हुँदै यस बिषयमा खुला बहस चलाउन आफू तयार रहेको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.