आचारसंहिता अनुगमन समिति मुकदर्शक : गाडीको लावालस्करसहित विनोद चौधरी चुनावी अभियानमा

आचारसंहिता अनुगमन समिति मुकदर्शक : गाडीको लावालस्करसहित विनोद चौधरी चुनावी अभियानमा

परासी : अर्बपति विनोद चौधरीले हरेक दिन गाडीको लावालस्करसहित चुनावी प्रचार प्रसार गर्ने गरेका छन् । 

चौधरी नेपाली कांग्रेसबाट नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । निर्वाचन आचारसंहितविपरीत प्रचार प्रसार गरेपनि जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समिति र सुरक्षा निकाय भने मुकदर्शकजस्तै बनेका छन् । 

बिहानैदेखि घरदैलो कार्यक्रममा निस्कने चौधरीले अघिपछि १८ बढी गाडी लिएर चुनाव प्रचार प्रसार गर्ने गरेका छन् । कांग्रेस कार्यकर्तासहित सिजी ग्रुपका कर्मचारी रहेका गाडीले ग्रामीण क्षेत्रका साना सडकहरु ढाकिने गरेका छन् । 

चौधरीको गाडी ग्रामीण क्षेत्रका बस्तीमा पुगेपछि सडक साँघुराका कारण अन्य गाडीको ओहोरदोहोर समेत रोकिने गरेको छ । चौधरीको प्रचार प्रसारलाई निगरानी र सुरक्षा दिन चोक चोकमा प्रहरी देखिने गरेपनि उनीहरु मुकदर्शकजस्तै बनेका छन्।

अन्य उम्मेदवारहरुले छिटफुटरुपमा आचारसंहिताविपरीत प्रचार प्रसार गरेको पाइए पनि चौधरीले भने बढी नै उल्लघंन गरेको गुनासो मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेको छ । 

 ३ महिनासम्म निःशुल्क सेवा दिने भन्दै उक्त नेट विस्तार गर्न थालिएपछि मतदाता प्रभावित गर्ने मनसाय देखिएको भन्दै विस्तार कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यले २ वटा र प्रदेशसभा सदस्यका उम्मेदवारले १ वटा गाडी प्रयोग गर्न पाउने निर्वाचन आचारसंहितामा व्यवस्था छ । तर, चौधरीले आचारसंहिताविपरीत सवारीसाधन प्रयोग गरेको गुनासो आएको मुख्य निर्वाचन अधिकृत एंव जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक खडानन्द तिवारीले बताए ।

'आचारसंहिताविपरीत प्रचार प्रसार गरेको भन्ने गुनासा अन्य उम्मेदवारभन्दा चौधरीजीको बढी सुनिएको छ । उहाँविरुद्ध एउटा उजुरी पनि आएकाले स्पष्टिकरण सोधेका छौं, 'तिवारीले भने । केही दिनअघि सिजी ग्रुपले चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा ‘सिजी नेट’विस्तार गर्न थालेपछि त्यस कार्यमा रोक लगाइएको थियो ।

 ३ महिनासम्म निःशुल्क सेवा दिने भन्दै उक्त नेट विस्तार गर्न थालिएपछि मतदाता प्रभावित गर्ने मनसाय देखिएको भन्दै विस्तार कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ । आचारसंहिताविपरीत सार्वजनिक स्थलमा झण्डा राख्ने, पर्चा पम्पलेट टाँस्नेलगायतका प्रचार सामग्रीलाई प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरेर हटाइएको उनले बताए ।

‘जिल्लास्थित सबै दल र उम्मेदवारले आचारसंहिता पालना गर्नेमा प्रतिबद्धता जनाएका छन् । आचारसंहिता नैतिक बन्धन पनि हो । यसलाई सबैले पालना गर्न जरुरी छ,' उनले भने । आचारसंहिता उल्लघंन कार्यलाई रोक्न सुरक्षा निकायलाई निर्देशन दिइएको उनले बताए । 

आचारसंहिता पालना भए/नभएको बारे अनुगमन गर्न जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई अनुगमन अधिकृत तोकेपनि अनुगमन र कारबाहीको पाटो भने शून्यजस्तै देखिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.