काठमाडौं-१० मा सत्ता गठबन्धन दलबीचमै प्रतिस्पर्धा, कांग्रेसलाई रोक्ने एमालेको दाउँ

काठमाडौं-१० मा सत्ता गठबन्धन दलबीचमै प्रतिस्पर्धा, कांग्रेसलाई रोक्ने एमालेको दाउँ

काठमाडौं : सत्ता गठबन्धनमा रहेका सबै दल एकै ठाउँमा हुन नसकेका केही निर्वाचन क्षेत्रमध्ये काठमाडौं-१० पनि एक हो। २०६४ को निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जितेको क्षेत्र हो यो।

यो निर्वाचन क्षेत्रमा कांग्रेसको बलियो उपस्थिति छ। सत्ता गठबन्धनबीच यस क्षेत्रमा तालमेल हुन सकेन। प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादी र एकीकृत समाजवादीले एक-एक वटा लिने सहमति कार्यान्वयन नभए पनि कांग्रेस र माओवादीबीच मित्रवत् प्रतिस्पर्धा हुन लागेको हो।

यस निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र रहेका छन्। कांग्रेसका राजेन्द्रकुमार केसी र माओवादी केन्द्रका अन्जना बिसंखेबीच मीत्रवत् प्रतिस्पर्धा हुँदैछ। केसी र बिसंखेसहित एमालेका हिमेश केसी, राप्रपाका बलराम थापालगायतबीच प्रतिस्पर्धा हुने देखिन्छ। विशंखे चन्द्रागिरीकी स्थानीय हुन्। कांग्रेसका राजेन्द्र केसी र एमालेका हिमेश केसी भने कीर्तिपुर नगरपालिका चोभारका हुन्।

यो निर्वाचन क्षेत्रमा १८ जनाको उम्मेदवारी परेको छ। जसमध्ये ३ जना स्वतन्त्र उम्मेदवार छन्। २०७४ सालको निर्वाचनमा ७१ हजार २०१ मतदाता रहेकोमा २०७९ मा ७६ हजार ९०६ मतदाता रहेका छन्। योपटक गत निर्वाचनको तुलनामा ५ हजार ७०५ मतदाता थपिएका छन्। एमाले, जसपा, राप्रपाबीच तालमेल भएको भनिए पनि यो निर्वाचन क्षेत्रमा तिनै दलले छुट्टा-छुट्टै उम्मेदवारी दिएका छन्।

२०७४ सालको निर्वाचनमा कांग्रेसका केसी २४ हजार १९० मत ल्याइ विजयी भएका थिए। उनका निकट्तम प्रतिस्पर्धी माओवादी केन्द्रका हितमान शाक्यले २१ हजार ९०७ मत ल्याएका थिए। तेस्रो विवेकशील साझा पार्टीका प्रदीप ढकाललले २००३ मत पाएका थिए।

केसीको जन्म २०१५ सालको असार २८ गते काठमाडौंको कीर्तिपुर नगरपालिकामा भएको हो। राजेन्द्रले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। २०४६ सालको जनआन्दोलनपछि राजनीतिमा सक्रिय केसी २०४९ सालमा तत्कालीन चोभार गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।

२०५४ सालमा केसी जिल्ला विकास समिति काठमाडौंको सदस्य बनेका थिए। २०५४ सालकै स्थानीय चुनावमा नगर समितिको सभासद्मा विजयी भएका थिए। २०५१ र २०५६ सालमा पार्टीको क्षेत्रीय सभापति भइसकेका छन्। केसीलाई कांग्रेसले चौथोपटक उम्मेदवार बनाएको छ। 

२०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामलाई नियाल्दा यो निर्वाचन क्षेत्रको पहिलो दल कांग्रेस देखिन्छ। कांग्रेसले २४ हजार ३३२ मत ल्याएको थियो भने दोस्रो दल एमालेले १८ हजार ६०२ मत प्राप्त गरेको थियो।

०६४ सालमा संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पराजित केसीले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डलाई नै हराइदिएका थिए। त्यतिबेला प्रचण्ड यो निर्वाचन क्षेत्रमा तेस्रो भएका थिए।

माओवादी केन्द्रका विशंखे २०३१ असार २८ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० सतुङगलमा जन्मिएकी  थिइन्। स्नातक तह अध्ययन गरेकी विशंखेले ३ वर्ष शिक्षण पेसाको अनुभव पनि सँगालेकी छन्। २०४५ सालमा नेकपा माले निकट अखिल नेपाल महिला संघबाट राजनीतिक जीवन सुरु गरेकी विशंखे २०४७ नेपाल क्रान्तिकारी विद्यार्थी संघको सदस्य, २०४८ अनेरास्ववियु पद्मकन्या कलेज उपाध्यक्ष ,२०४८ मा अखिल नेपाल महिला संघ जिल्ला सदस्य, २०५० मा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य हुँदै २०५२ सालमा नेकपा (एकता केन्द्र)को सदस्यता पाएकी थिइन्।

बिसंखे २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिक सांसद बनिन्। महिला अधिकार, शशक्तीकरणका सबालमा बुलन्द आवाज उठाउने बिसंखेले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहेर काम गरिन्।

एमालेका तर्फबाट काठमाडौं जिल्ला कमिटी सदस्य हिमेश केसीको उम्मेदवारी परेको छ। नेता केसी एमालेको जनवर्गीय संगठन युवा संघको काठमाडौं इन्चार्जसमेत हुन्। २०५८ सालदेखि नेता केसी एमालेको राजनीतिमा सक्रिय छन्।

यस्तो छ तथ्यांक

यो निर्वाचन क्षेत्रमा चन्द्रागिरी नगरपालिकाको २,३,४,५,६,७,८,९,१० र ११ नम्बर वडा पर्छन्। त्यस्तै कीर्तिपुर र दक्षिणकालीका सबै वडा यही निर्वाचन क्षेत्रमा पर्छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत नियाल्दा कांग्रेस पहिलो पार्टी हो। कांग्रेसले चन्द्रागिरीको ३, ४, ७,८,९, कीर्तीपुर नगरपालिकाको १,२,३,५,६,७,८,९ र १० नम्बर वडा, दक्षिणकालीको २,४,५,६,८ र ९ वडा जितेको थियो। कीर्तिपुर नगरपालिका ४ नम्बर वडा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए। एमालेले चन्द्रागिरी नगरपालिकाको ६, १० दक्षिणकाली नगरपालिकाको १, ३ र ७ नम्वर वडा जितेको थियो।

चन्द्रागिरी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो। त्यस्तै कीर्तिपुर र दक्षिणकालीको मेयर, उपमेयरमा कांग्रेस विजयी भएको थियो।

२०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामलाई नियाल्दा यो निर्वाचन क्षेत्रको पहिलो दल कांग्रेस देखिन्छ। कांग्रेसले २४ हजार ३३२ मत ल्याएको थियो भने दोस्रो दल एमालेले १८ हजार ६०२ मत प्राप्त गरेको थियो।

त्यस्तै माओवादी केन्द्रले तीन हजार आठ सय ९२ मत ल्याएको थियो। नेकपा एकीकृत समाजवादीले एक हजार तीन सय ४२ मत प्राप्त गरेको थियो। यो निर्वाचन क्षेत्रमा राप्रपा र नेमकिपा निकै कमजोर देखिन्छन्। ०७४ सालमा समानुपातिकतर्फ माओवादी केन्द्रले ७ हजार ७६६ मत प्राप्त गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.