अलपत्र परेका ३८ जना भारतीय नागरिकको उद्धार
रौतहट : अलपत्र परेका ३८ जना भारतीय नागरिकहरूलाई प्रहरीले उद्धार गरेको भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको छ।
कात्तिक २३ गते राति बजे रौतहटको परोहा नगरपालिका-४ मा रहेको अमन इँट्टा उद्योगमा भारतको उत्तर प्रदेशको समत अलियारपुर जिल्ला बस्ने २० जना पुरुष र १८ जना महिला तथा बालबालिकाहरू अलपत्र अवस्थामा रहेको सूचना पाएर गएको प्रहरीको टोलीले उनीहरूलाई उद्धार गरेको हो।
इलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले अलपत्र परेका भारतीय नागरिकहरूलाई उद्धार गरी बिहारको सितामढी बैरगनियास्थित सीमा सुरक्षा बललाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनील मल्लले जानकारी दिएका छन्।