जी ट्वेन्टी शिखर सम्मेलनमा जेलेन्स्कीलाई निम्तो, पुटिन सहभागी नहुने

जी ट्वेन्टी शिखर सम्मेलनमा जेलेन्स्कीलाई निम्तो, पुटिन सहभागी नहुने

जकार्ता : कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च 'जी ट्वेन्टी' शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन्।

सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने यहाँस्थित रूसी दूतावासले जनाएको छ। पश्चिमा राष्ट्र र युक्रेनले सम्मेलन आयोजक इण्डोनेसियालाई मस्कोको निन्दा गर्न र पुटिनलाई दिएको निमन्त्रणा फिर्ता लिन दबाब दिएका बेला राष्ट्रपति पुटिन सम्मेलनमा सहभागी नहुने समाचार सार्वजनिक हुनुलाई कूटनीतिक वृत्तमा चासोकासाथ हेरिएको छ।

जकार्ताले उक्त दबाबको प्रतिरोध गर्दै तटस्थ रहने मानसिकता प्रस्तुत गरेको थियो। त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसलाई समूहबाटै निष्कासन गर्न आह्वान गरेका थिए।

इण्डोनेसियाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई शिखर सम्मेलनमा अतिथिको रूपमा भाग लिन निम्तो दिएको छ। राष्ट्रपति जेलेन्स्कीले रूसी राष्ट्रपति शिखर बैठकमा सहभागी भएमा आफू सहभागी नहुने उद्घोष गरेको केवल न्युज नेटवर्क (सीएनएन)ले जनाएको छ। सीएनएनका अनुसार युक्रेनी नेताले शिखर बैठकमा भाग लिने अपेक्षा गरिएको छ।

तीन देशले यो वर्ष सम्मेलनको मूल ‘अर्थतन्त्रलाई एकसाथ पुनः पुरानै अवस्थामा फर्काउने र पुनः सुदृढ तुल्याउने’ तय गरेका छन्। कोभिड-१९ का कारण शिथिल भएको विश्व अर्थतन्त्रलाई पुनःचलायमान बनाउने उद्देश्यका साथ उक्त नारा निर्धारण गरिएको हो।

अघिल्लो वर्षको सम्मेलन आयोजक राष्ट्र इटाली, हालको अध्यक्ष इण्डोनेशिया र आगामी वर्ष समूहको अध्यक्षता गर्ने भारतले सम्मेलनका कार्यसूची पारस्परिक परामर्शमा निर्धारण गर्ने प्रचलन छ। भारतले आगामी मङ्सिर १५ गतेदेखि समूहको अध्यक्षता गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.