एमालेको झुट बाहिरियो, भक्तपुर-२ मा हामी जित्छौँ: दुर्लभ थापा (भिडियो वार्ता)
काठमाडौं: भक्तपुर क्षेत्र नम्बर-२ मा चुनावी सरगर्मी बढेको छ । यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस भक्तपुरका सभापतिसमेत रहेका दुर्लभ थापा र नेकपा एमालेबाट पूर्वमन्त्रीसमेत रहेका नेता महेश बस्नेतबीच तीव्र प्रतिस्पर्धा छ ।
तुलनात्मक रुपमा यो क्षेत्रमा यी नै दुई उम्मेदवारबीच कडा टक्कर हुने स्थानीयको अनुमान छ । अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'सँगको कुराकानीमा सत्ता गठबन्धनबाट उम्मेदवार भएका दुर्लभ थापाले भक्तपुरका मतदाताले नयाँ नेतृत्व खोज्ने भएकाले यसपालिको जित आफ्नो हुने दावी गरेका छन् ।
अघिल्लो निर्वाचनमा एमालेका बस्नेत विजयी भएको यो क्षेत्रमा एमालेको झुट बाहिरिएकाले पनि अब कांग्रेस नेतृत्वको गठबन्धनले जित्ने थापाले दावी गरे ।
थापाका भावी योजना र चुनाव लक्षित कार्यक्रम, उनका एजेण्डालगायतका विषयमा केन्द्रित भएर भूपाल लुइँटेलले गरेको कुराकानी हेर्नुहोस् ।