ताप्लेजुङमा अटो दुर्घटना : दुई जनाको मृत्यु, एक जना गम्भीर

ताप्लेजुङमा अटो दुर्घटना : दुई जनाको मृत्यु, एक जना गम्भीर

ताप्लेजुङ : ताप्लेजुङमा सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षका धनबहादुर गुरुङ र ११ वर्षका उनका नाति इशान गुरुङ रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले जानकारी दिए।

उनका अनुसार फुङलिङ नगरपालिका- ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ हिंडेको १-००२-००३ ह ३९०० नम्बरको अटो दोखुको नाम्लेपाटी माथि घ्याङ डाँडामा दुर्घटना भएको हो । डीएसपी राईका अनुसार गम्भीर घाइते भएका अटो चालक गंगाराम राईलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थलमा प्रहरी टोली पुगिसकेको र विस्तृत विवरण केहि समयपछि आउने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.