एमाले अध्यक्ष ओलीले आज डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने

एमाले अध्यक्ष ओलीले आज डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम जाने भएका छन्। अध्यक्ष ओलीले आजै सुदूरपश्चिमका डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । 

एमालेले डोटी, कैलालीको अत्तरिया र लम्कीचुहामा चुनावी सभाको आयोजना गरेको छ। कार्यक्रमलाई ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन्।

अध्यक्ष ओलीले यही कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा भव्य चुनावी सभामा सम्बोधन गरेका थिए। पूर्वप्रधानमन्त्री ओलीले दार्चुलामा चुनावी कार्यक्रम गरे लगत्तै सत्ता गठबन्धनले पनि दार्चुलाको गोकुलेश्वर, बैतडीको पाटन र कैलालीको सुखडमा चुनावीसभाको आयोजना गरेको हो। 

सुदूरपश्चिमको चुनावी सभामा चुच्चे नक्सा चुनावी मुद्दा बनेको छ। मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्साको स्वामित्व ग्रहण गर्न हानाथाप गरेका छन्। सर्वसम्मत रूपमा प्रतिनिधिसभाबाट नयाँ नक्सा अनुमोदन भएता पनि तीनै दलका शीर्ष नेताहरूले त्यसको श्रेय लिन अग्रसर भएका छन्। उक्त नक्सालाई तीनै दलका शीर्ष नेताहरूले चुनावी एजेन्डा बनाएका छन्।

दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले आफ्नो पार्टीलाई चुनावमा जिताए नयाँ नक्सामा समेटिएका नेपाली भूभागलाई फिर्ता गराएरै छाड्ने त्यहाँका जनतासामु प्रतिबद्धता जनाएका थिए।

त्यसपश्चात दार्चुलाको गोकुलेश्वरमा चुनावी कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि फिर्ता लिन दार्चुला होइन। भारतसँग बोल्न सक्नुपर्ने बताएका थिए। उनले दार्चुला आएर बोल्दैमा केही नहुने बताएका थिए। ‘ओलीजीले यहाँ आएर बोल्दैमा केही हुँदैन। भूमि फिर्ता ल्याउन भारतसँगै कुरा गर्न सक्नुपर्छ। हामी कूटनीतिक रूपमा पहल गर्छौं’, देउवाले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुला पुगेर कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेट्न आफूले पहल गरेको दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.