झलनाथको चुनौती बन्दै महेश बस्नेत

झलनाथको चुनौती बन्दै महेश बस्नेत

इलाम: निर्वाचन मिति नजिकिँदै जाँदा इलाम क्षेत्र नम्बर १ मा चुनावी महौल तातिएको छ । यो क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । सँगै चुनाव जित्नमात्रै गठबन्धन भएको दावीसहित नेपाली कांग्रेसका पूराना नेता स्वतन्त्र उम्मेदवार बनेपछि यहाँको समीकरण केही रोचक छ । 

अहिले यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेत नै मुख्य प्रतिस्पर्धी छन् । बस्नेत आफ्नो चुनावी क्षेत्रमा ‘नवीन विकास मोडल’सहित काम गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा छन् । 

३१ वर्षमा पाँच पटक इलाम क्षेत्र न १ को मतले संसद प्रवेश गरेका खनाल पनि इलामको विकासलाई तीव्र बनाउने दावी गर्दै घरदैलो अभियानमा सक्रिय छन् । यहाँका दुई प्रतिस्पर्धीमा रोचक प्रसंग के छ भने हिजो खनालले नै संगठनमा ल्याएका बस्नेत अहिले मुख्य प्रतिस्पर्धी बने । 

खनालले एमाले छोडेपछि खनालको विरासत भत्काउन बस्नेत कम्बर कसेर लागेका छन् । बस्नेत भन्छन्, ‘इलाम क्षेत्र १ ले नयाँ अनुहार खोजेको छ, यसपटक खनालले विस्राम पाउनु हुनेछ ।’ 

मतदाताको घरघर पुगिरहेका बस्नेतले पुर्वाधार, कृषि, पर्यटनलगायतका क्षेत्रमा नीतिगत सुधार गर्नेदेखि दीर्घकालिन विकासको मोडेल लागू गर्ने प्रतिबद्धता जनतासँग गरिरहेका छन् । 

सँधै पार्टी र सत्ताको केन्द्रमा रहेका झलनाथ खनाल ‘अन्तिम पटक’ भन्दै चुनावी मैदानमा आइरहेको बेला आफ्नै निर्वाचन क्षेत्रको रोङ १ मा जन्मेका बस्नेत जन्मथलो बनाउन भन्दै चुनावी मैदानमा छन् । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गरेसँगै इलाम नगरपालिकामा दुई कार्यकाल मेयर भएर काम गरेको अनुभव बस्नेतको छ ।

बस्नेतले मेची राजमार्गलाई स्ततरोन्नति गरी २ लेनको सडक बनाउनेदेखि ‘फ्रि वाईफाई जोन’ बनाउनेसम्मका योजना अघि सारेका छन् । उनले भने ‘विद्यमान रहेको सडक मापदण्ड (सडक सीमा) विवादलाई नागरिकको हित अनुकूल हुनेगरी समाधान गरनेछ ।’ उनले स्थानीय तहमा जलस्रोत व्यवस्थापन गुरूयोजना कार्यान्वयनमा ल्याइने बताएका छन् । प्रतिबद्धतामा लेखेका छन्, ‘जलसम्पदा नास हुने अवस्था तीब्र रूपमा बढिरहेको हुँदा जलस्रोतको संरक्षणबारे प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिने छ ।’

बस्नेतले १९ बुदे प्रतिबद्धता सार्वजनिक गर्दै सबै स्थानमा राष्ट्रिय प्रशारण लाइन अन्तर्गतको उच्च भोल्टेज क्षमताको ट्रान्सफर्मर र तारसहित विद्युत सेवा पुर्‍याइने उल्लेख गरेका छन् । बस्नेतले नेपालमा उत्पादन भएको चियालाई अक्सन सेन्टरको स्थापना गरी नेपाली चियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार उपलब्ध गर्न पहल गर्ने उल्लेख गरेका छन् । 

उनले भने ‘चिया तथा कफि विकास बोर्डलाई अलग गरी चिया र कफिको विकासका लागि अलग–अलग बोर्डको गठन गरिनेछ ।’ 
उनले सूर्योदय नगरपालिकाभित्र चियासम्बन्धी अध्यायन अनुसन्धान केन्द्रको स्थापना गर्ने उल्लेख गरेका छन् । ‘चिया, दूध उद्योग तथा अन्य उद्योगको उत्पादन र प्रशोधनमा प्रयोग हुने विद्युत महसुलमा सहुलियत दिलाउने व्यवस्था मिलाउदै चिया, दूध तथा अन्य कृषि सम्बन्धी उद्योगको लागि आवश्यक यन्त्र, उपकरण ढुवानीका साधनमा अनुदान उपलब्ध गराउन भन्सार तथा कर छुटको व्यवस्था गरिनेछ,’ बस्नेतले सार्वजनिक गरेको प्रतिबद्धतामा भनिएको छ।

उनले पालिका स्तरका सम्भावना हेरेर पर्यटन प्रवद्र्धनका प्याकेज ल्याउने योजना अघि सारेका छन् ।  कन्यामलाई रात्रिकालीन पर्यटन क्षेत्रको रूपमा विकास गर्ने देखि “बहुसांस्कृतिक सङ्ग्रहालय” निर्माण समेतका योजना छन् ।

बस्नेतले ‘गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गरिने’ उल्लेख गरेका छन् । करफोक विद्यामन्दिरलाई नमुना बहुप्राविधिक शिक्षालयको रूपमा विकास गर्ने लगायतका योजना अघि सारेका छन् । सूर्योदय नगरपालिकाको फिक्कलमा सभागृह (सिटी हल) सिटीमार्ट,व्यवस्थित वसपार्क रबहुतले ट्याक्सी पार्क निर्माणका लागि पहल गर्ने उनको योजना छ । 

उनले स्वास्थ्य, उद्योग, व्यापार, रेमिट्यान्स र रोजगारी सिर्जनावन तथा वातावरण, सहकारी तथा वित्तीय क्षेत्र लगायतका क्षेत्रमा समेत योजना अघि सारेका छन् । उनले भनेका छन् ‘यस क्षेत्रमा इन्टरनेट सेवाको विस्तार गरी शहर, बजार, शैक्षिक संस्था, पर्यटकीय स्थल तथा पालिका केन्द्रहरूलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने छ ।’ 

उनले स्थानीय तहहरूमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै कामलाई विद्युतीय प्रणालीमार्फत् सम्पादन गर्ने उल्लेख गरेका छन् । बस्नेतले प्रत्येक वडामा “ज्येष्ठ नागरिक मिलन केन्द्र” को स्थापना तथा सञ्चालन गरी सक्रिय जीवनयापनको वातावरण बनाइने उल्लेख गरेका छन् । 

बस्नेतले भने ‘सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूसँग आवश्यक समन्वय गरी सम्पन्न गरिने छन् ।’ उनले विरोधका नाममा बन्द, हड्ताल कहिल्यै नगर्ने प्रतिबद्धता समेत जायर गरेका छन् । स्थानीय तह सञ्चालनको लामो अनुभव बोकेका बस्नेतले भने ‘भ्रष्टाचार र अनियमितता मुक्त समाज निर्माण गर्न प्रतिवद्ध छौं ।’

बस्नेतले नेकपा एकीकृत समाजवादीमा गएका पूर्व एमाले कार्यकर्ताले मत दिएर आफुलाई विजयी गराउने पनि दावी गरेका छन् ।  उनले भने ‘उहाँ (झलनाथ खनाल) को कामलाई जनताले हेरिसकेका छन्, अब खनाललाई विस्राम दिउँ भनेर म आएको हुँ ।’ 
१ लाख ९ हजार ५३५ मतदाता रहेको इलाम-१ मा ५७ हजार १६८ पुरुष र ५२ हजार ३६७ महिला मतदाता छन् ।

स्थानीय तहको वडा तहको मत परिणाम अनुसार इलाम क्षेत्र न १ मा  एमालेको मत २४ हजार ८२१ छ । यता गठबन्धन दलमध्ये नेपाली कांग्रेसको मत २४ हजार ८४६ छ भने गठबन्धनकै अर्को घटक माओवादीको १ हजार २३५, नेकपा एकीकृत समाजवादीको ९ हजार ४७८  मत छ । 

यही क्षेत्रमा सत्ता गठबन्धन मध्येको घटक नेपाली कांग्रेसका पुराना नेता विक्रम पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पाण्डेले नेपाली कांग्रेसको भारी मत पाउने अनुमान गरिएको छ । 

इलाम-१ मा राप्रपाका तोयानाथ शर्मा सापकोटा, जसपाका कमलकुमार राई चुनावी मैदानमा छन् । नेपाली कांग्रेस (बीपी)का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मीको उम्मेदवारी छ।

प्रदेश सभामा इलाम-१ (१) मा गठबन्धनका तर्फबाट खिनु लङ्वा लिम्बु र नेकपा एमालेकी शोभा पराजुलीसहित चुनावी मैदानमा छन् । क्षेत्र १(२)मा गठबन्धनका समशेर राई र एमालेका दिपक थेवेसहित चुनावी मैदानमा छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.