रास्कोट नगरका सबै घरको बीमा गरिने

रास्कोट नगरका सबै घरको बीमा गरिने

कालीकोट:  रास्कोट नगरपालिकाले नगरभित्रका सबै घरको नि:शुल्क बीमा गर्ने तयारी गरेको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही पोषणले नगरपालिका भित्रका करिब ३ हजार घरको बीमा गर्ने तयारी गरिएको बताए । 

बाढी, पहिरो, भुकम्प लगायतका प्राकृतिक प्रकोपबाट हुने क्षेतिबाट कम गर्न सबै घरहरुको बीमा गर्ने तयारी गरेको हो ।

बाढी, पहिरो, भुकम्पलगायतका प्राकृतिक प्रकोपमा परी नागरिकको घर भत्किए प्राविधिकको मुल्यांकनका आधारमा न्यूनतम ५० हजारदेखि ५ लाखसम्म रकम पाउने गरी सबै घरको बीमा गर्न लागिएको हो । 

नगर प्रमुख शाहीले भने, 'वर्षेनी बाढी, पहिरोलगायतका प्राकृति प्रकोपले रास्कोटमा धेरै जनधनको क्षेति हुँदै आएको छ । सरकारले राहत स्वरुप धेरै रकम यसमा खर्चिदै आएको छ । बीमा गर्दा नागरिकले सहुलियतमा राहत पाउँनेछन् । यो पहाडी क्षेत्रमा निकै उपयोगी हुनेछ ।'

यही कात्तिक २३ गते डोटी केन्द्र बनाएर आएको भुकम्पले कालीकोटमा पनि निकै धक्का दिएपछि रास्कोट नगरपालिकाको कार्यपालिका बैठकले सबै घरको बीमा गर्ने निर्णय गरेको हो । 

जिल्लामा यस अघि कुनै पनि नागरिकले घरको बीमा गरेका छैनन् । स्थानीय सरकारले पनि यसको प्रयोग गरेका थिएनन् ।

रास्कोटले नागरिकको घर बीमा सुरुवात गरेको छ । रास्कोट नगरपालिका वडा नं. २ का गणेश सिम्खाडाले भने, 'नगरपालिकाले ल्याएको घर बीमा कार्यक्रम निकै उपयोगी छ । यसलाई जिल्लाका सबै स्थानिय तहले पनि अवलम्बन गर्नुपर्छ ।'

जिल्लामा बर्षेनी बाढी र पहिरोबाट सयौँ घरहरु भकिने समस्या छ । यस बर्ष मात्रै जिल्लामा बाढी र पहिरोबाट २ हजार ५ सय घरहरु भत्किएको प्रशासनमा तथ्यांक छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.