निर्वाचनमा खटिने कर्मचारीलाई तालिम, ताप्लेजुङमा ९४५ कर्मचारी खटिँदै

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम, ताप्लेजुङमा ९४५ कर्मचारी खटिँदै

ताप्लेजुङ : निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम ताप्लेजुङमा शनिबारबाट सुरु भएको छ। 

जिल्लाका ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्रमा खटिने ९ सय ४५ जना कर्मचारीलाई तालिम प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए। 

निर्वाचन अधिकारी दिनेश खनालका अनुसार शनिबार पहिलो चरणमा सोमबार दोस्रो चरणको अनुशिक्षण सञ्चालन गरिने छ। 

शनिबार फक्ताङ्लुङ, मिक्वाखोला ,सिदिङ्वा गाउँपालिकाका सबै मतदान केन्द्र तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ सिकैचाका मतदान केन्द्रबाहेक अरू सातवटै वडाका मतदान केन्द्र र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षण दिइने छ।

यस्तै कात्तिक २८ गते सोमबार फुङलिङ नगरपालिका, मेरिङदेन गाउँपालिका, मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाका सबै मतदान केन्द्र, सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका मतदान केन्द्र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनका मतदान केन्द्र बाहेक अरू पाँचवटा वडाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अनुशिक्षण सञ्चालन गरिने छ। 

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ताप्लेजुङमा ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्। यहाँ ८८ हजार २ सय ८५ मतदाता रहेका छन्।

तालिमको सुभासम्भ कार्यक्रम मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन व्यवस्थापन समिति ताप्लेजुङका पदाधिकारीले निष्पक्ष र तटस्थ बनेर निर्वाचनका कार्यक्रम सम्पन्न गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्देशन दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.