भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न किन उत्साहित छन् बाइडेन?

भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न किन उत्साहित छन् बाइडेन?

वाशिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन्। भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्दैछ। 

पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, 'भारत अर्को वर्ष जी-२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी-२० मा सहभागी हुन चाहनुहुन्छ र सम्भवतः भेट त्यतै हुनेछ।' राष्ट्रपति बाइडेनको पदभार ग्रहणलगत्तै प्रधानमन्त्री मोदी ह्वाइट हाउस पुगेका थिए।

'दुई नेताले पटक-पटक फोन वार्ता र भिडियो वार्ता गरिरहनुभएको छ। अमेरिका-भारत साझेदारीलाई बलियो बनाउने लगयातका दुईपक्षीय चासोका मुद्दाहरूमा दुई नेताबीच  छलफल भइरहेका छन् र राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक हुनहुन्छ,' सुलिवानले भने। 

 
यसअघि शुक्रबार राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसंघको २७औँ जलवायु परिवर्तन सम्मेलन (कोप २७) को छेउमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सीसीसँग पनि भेटवार्ता गरेका थिए। 
 
इतिहासमा सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने देश भएकोमा अमेरिकाले व्यापक आलोचनाको सामना गरिरहेको बेला राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रको जलवायु वार्तालाई सम्बोधन गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

जी-२० अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख मञ्च हो जसले विश्वव्यापी जिडिपिको को लगभग ८५ प्रतिशत, विश्वव्यापी व्यापारको ७५ प्रतिशत भन्दा बढी र विश्व जनसङ्ख्याको लगभग दुई तिहाईको प्रतिनिधित्व गर्दछ।

जी-२० अध्यक्षताको अवधिभरि भारतले देशका विभिन्न स्थानहरूमा  लगभग २०० वटा बैठकहरू आयोजना गर्नेछ। अर्को वर्ष हुने  जी-२० शिखर सम्मेलन भारतले आयोजना गर्ने सबैभन्दा उच्च महत्त्वको अन्तरराष्ट्रिय सम्मेलनहरूमध्ये एक हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.