नेपालमा एउटा सुदृढ राष्ट्रिय शक्ति चाहिन्छ : ओली

नेपालमा एउटा सुदृढ राष्ट्रिय शक्ति चाहिन्छ : ओली

डोटी : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा एउटा सुदृढ राष्ट्रिय शक्ति आवश्यक भएको बताएका छन्। शनिबार डोटीमा आयोजित बृहत् चुनावी आमसभालाई सम्बोधन उनले गर्दै उक्त कुरा बताएका हुन्।

'गठबन्धन जस्तो चिज बनाएर हुँदैन, गठबन्धनले देश चल्दैन', अध्यक्ष ओलीले भने, 'गठबन्धनमा रहेका सबै दलहरूको छुट्टाछुट्टै घोषणापत्र रहेको छ। यिनीहरूले जितिहाले पनि काम गर्नै सक्दैनन्। त्यसैले यो गठबन्धन काम गर्नका लागि नभएर तपाईंहरूको आँखामा छारो हाल्नका लागि मात्रै भएको हो।'

ओलीले डोटीमा गत मंगलबार राति गएको भूकम्पका कारण मृत्यु भएका परिवार तथा क्षति व्यहोरेका परिवारलाई तत्कालै राहातका लागि सरकारसँग माग गरेका छन्।

सहजपुर, बीपीनगर, बोगटान सडकको आफुले शिलन्यास गरेको स्मण गर्दै ओलीले भने, खुटिया, बीपीनगर, दिपायल हुँदै 
बझाङको ताक्लाकोट जोड्ने द्रुत राजमार्ग निर्माणका लागि आफू सदैव लाग्ने बताए।

डोटी ऐतिहासिक जिल्ला भएकाले यहाँको धार्मिक, पर्यटन, कृषि लगायत समग्र विकास सम्भव भएको ओलीले बताए।

राजनीतिक कारणले पश्चिम सेती परियोजना बन्न नसकेको बताउँदै ओलीले आगामी दिनमा यो आयोजना नयाँ ढंगबाट अगाडि बढ्ने बताए। 

दुई वर्षपछि एमालेले निरक्षरताको अन्त्य गर्ने उनको भनाइ छ। 

नेकपा एमालेले जे भन्छ त्यो गरेरै छाड्ने उनले बताए। पूर्वपश्चिम हुलाकी राजमार्गदेखि महाकाली करिडोर सबै एमालेले बनाएको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.