नमूना मतदानमा न्यून मत बदर
जनकपुरधाम : आसन्न प्रतिनिधि तथा प्रदेशसभा निवाचनका लागि धनुषाको जनकपुरधामसहित जिल्लाको विभिन्न तीन स्थानमा नमूना मतदान गराइएको छ।
समग्र विकास सेवा केन्द्रको आयोजनामा जनकपुरधाम-१४ स्थित भएको नमूना मतदानमा मतदानको सबै प्रक्रिया पूरा गरेर नमूना मतदान गराइएको थियो। मतदानमा महिला पुरुष गरी एक सय ५५ जना सहभागि भए।
सही तरिकाले मतदान गराउन नमूना मतदान गराइएको सम्झना कुमारी राउतले बताइन्।
मतदानमा सहभागीलाई मतपत्र लिने, मतदान गर्ने, मतपत्र पट्याउने, बाकसमा खसाउने र बाहिर निस्कनेसम्मको प्रक्रियाका बारेमा मतदानमा सहभागीलाई सिकाइएको थियो।
नमूना मतदान गरेका वडाध्यक्ष पुण्यप्रताप यादवले नमूना मतदान निर्वाचनको झझल्को दिने गरी भएको बताए।
बदर मत कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको केन्द्रका संयोजक वीरेन्द्र रविदासले बताए।
१ सय ५५ जनाले मतदान गरेका थिए।