चीनको दबदबा रहेको दक्षिणपूर्वी एसियाली देशसँग सम्बन्ध विस्तार गर्दै अमेरिका

चीनको दबदबा रहेको दक्षिणपूर्वी एसियाली देशसँग सम्बन्ध विस्तार गर्दै अमेरिका

नोमपेन : दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन कम्बोडिया प्रस्थान गरेका छन्। आसियान क्षेत्रमा चिनियाँ प्रभाव विस्तार भइरहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले त्यसलाई सन्तुलनमा राख्न सदस्य देशसँग अमेरिकी प्रतिबद्धता जाहेर गर्ने बताइएको छ। 

अमेरिकी राष्ट्रपतिको शिखर सम्मेलनमा भाग लिनुको प्रमुख उद्देश्य आर्थिक एवं सैन्य सामर्थ्यका दृष्टिले शक्तिशाली प्रतिद्वन्द्वी चीनका राष्ट्रपति सी चिनफिङसँगको प्रत्यक्ष भेटवार्ताका निम्ति वातावरण बनाउनु हो। राष्ट्रपतिमा निर्वाचित भएपछि उनले आफ्ना चिनियाँ समकक्षीलाई प्रत्यक्षरूपमा भेटेका छैनन्। 

यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी-२० शिखर सम्मेलनका क्रममा उनले यही कात्तिक २८ गते चीनका राष्ट्रपति सी चिनफिङलाई भेट्ने बताइएको छ। 

शनिबार यहाँ आएका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले समुद्रमा चीनका अवैध एवं अनियमित गतिविधि तथा समुद्रमा जहाज सञ्चालन गर्न पाउने स्वतन्त्रतालगायत विषयमा आसियान नेतासँग राष्ट्रपति बाइडेनले छलफल गर्ने बताएका छन्। दक्षिण चीन सागरको विवादलाई लिएर उनले आसियान नेतासँग बेइजिङविरुद्ध अमेरिकी दृढता व्यक्त गर्ने सल्लाहकार सुलिभानले बताए। 

अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्रमा र त्यसमाथिको आकाशमा जहाज सञ्चालन गर्न पाइन्छ तर चीनले त्यसलाई अस्वीकार गर्दै आएको छ। त्यसबाट अस्थिरता हुने चीनको बुझाइ छ र यसै विषयमा चीन र अमेरिकाबीच विवाद छ। आसियान र अन्य देशका लागि प्रतिकूल हुने काम गर्न नहुने र यस क्षेत्रको स्थायित्वका निम्ति अमेरिकी भूमिका मुख्य हुने सल्लाहकार सुलिभानले बताएका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.