सात पटक म्याद थप हुँदा पनि सकिएन सडक विस्तारको काम

सात पटक म्याद थप हुँदा पनि सकिएन सडक विस्तारको काम

भक्तपुर : निर्वाचन नजिकिएसँगै नगरकोट सडक विस्तारको काम अघि बढेको छ। कात्तिकको दोस्रो हप्तादेखि सुरु भएको काम अहिले जारी छ। यसअघि पनि आन्दोलन भएपछि सुरु भएको काम यसपटक पनि सोही अनुरूप काम भएको हो। 

राजनीतिक दलहरूले चुनाव अगाडि सडक विस्तारमा जोड दिने र चुनाव सकिएपछि वास्ता नगर्दा ९ वर्षदेखि काम अलपत्र छ। 

चुनाव आयो कि राजनीतिक दलहरू भोटकै लागि त्यो विषयमा समावेश गछर्न् अनि चुनाव जितेर गएपछि वास्ता गर्दैनन्। समयसीमा अनुसार आउँदो पुस ३० गतेभित्र काम गरिसक्नु पर्छ। तर पनि समयमा सकिने छाँटकाँट देखिँदैन। 

नगरकोट नाल्दुम पर्यटक विकास समितिका अध्यक्ष नवीन गुरुङ्ग केन्द्र सरकारको पूर्ण बेवास्ताले समयमै काम नसकेको सुनाउँछन्। 

'स्थानीय सरकारले अलिअलि पहल गरिरहेको छ। तर सरकारले कति पनि ध्यान दिएको छैन,' उनले भने।

चाँगुनारायण नगरपालिकामा मेयर, उपमेयर वडाध्यक्षहरू पनि कांग्रेस एमालेले जित्दै आइरहेका छन्। तर आफ्नै पार्टीको  सरकार रहँदा पनि काम गराउन नसकेको स्थानीय बताउँछन्। 

चाँगुनारायण नगरपालिकाको मेयरमा पहिला एमालेका सोम मिश्र थिए भने पछिल्लो पटक कांग्रेसका जीवन खत्री निर्वाचित भए। तर, सडक विस्तारको काम हुन सकेन।

सडक विस्तारको योजना पूरा नहुँदा नगरकोटको पर्यटन व्यवसाय अस्तव्यस्त रहँदै आएको छ। सडक नबनेपछि केही साना दलले भने कडा रूपमा विरोध गर्दै आएका छन्। 

सडक विस्तारका लागि म्याद थप हुँदै आएको छ। 'एक्जिम बैंक इन्डिया'को ऋण सहयोगमा शैलुङ र एआईपीएल जेभीले २०७३ कात्तिक ४ मा काम सक्ने गरी २०७१ जेठ २२ मा सडक विस्तारको सम्झौता गरेको थियो। 

ठेकेदारले हालसम्म सातौं पटक म्याद थप गरिसकेको छ। प्रक्रियागत ढिलाई, भूकम्प, रुख कटानमा समस्या, स्थानीको विरोध, वर्षा तथा स्थानीको विरोध लगायतका कारण देखाउँदै म्याद थप गर्दै आएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.