खर काट्ने क्रममा भीरबाट लडेर महिला कर्मचारीको मृत्यु
बैतडी : बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
सिगास गाउँपालिका-८, ढौडकी २७ वर्षीया सरस्वती धामी बोहराको खर काट्ने क्रममा घर नजिकैको ढाणाली भीरबाट लडेर मृत्यु भएको वडा ९ का अध्यक्ष कृष्णसिंह धामीले जानकारी दिए।
सिगास गाउँपालिकामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत धामीको आज दिउँसो करिब ३ बजे भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बताइएको छ।
उनका श्रीमान् अध्ययनको सिलसिलामा काठमाडौंमा छन्। उनका ४ वर्षीय छोरा छन्।