जेलमा रहेका इरानी अधिकारकर्मीले अनशनलाई सशक्त बनाउने

जेलमा रहेका इरानी अधिकारकर्मीले अनशनलाई सशक्त बनाउने

पेरिस : अभिव्यक्ति स्वतन्त्रताका लागि जेलमा रहेका इरानी अभियानकर्ता हुसेन रोनघीले आमरण अनसनलाई थप कडा बनाउने बताएका छन्। उनी गत केही हप्तादेखि भोक हडतालमा छन् र उनको अवस्था ‘गम्भीर’ छ।

चिकित्सकीय बिदाका लागि निवेदन दिए पनि बिदा अस्वीकृत भएपछि गत रातिदेखि पानी पिउनसमेत अस्वीकार गरेको उनका भाइले बताए।

महसा अमिनीको हिरासतमा भएको मृत्युको विरोधमा गत सेप्टेम्बरमा इरानमा भएको प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको विरोधमा आवाज उठाएको केही दिनपछि ३७ वर्षीय हुसेन रोनघीलाई पक्राउ गरिएको थियो1।

उनका भाइ हसनले ट्वीटरमा भनेका छन्, 'होसेनले जेलबाट फोन गरी दिएको जानकारीमा आफूलाई धेरैपटक दुर्व्यवहार गरिएको छ। आज होसेनको रक्तचाप (ब्लड प्रेसर) निकै कम भयो र उहाँ बेहोस हुनुभयो।'

होसेनका भाइले थपे, 'रोनाघीको अवस्था गम्भीर छ र पनि उहाँलाई मेडिकल छुट्टी दिन अस्वीकार गरिएको छ। होसेनले आज रातिदेखि पानी पिउन पनि अस्वीकार गर्न थालेको बताउनुभएको छ।'

रोनाघीले गत सेप्टेम्बर २२ मा लण्डनस्थित इरान इन्टरनेसनल टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सुरक्षा अधिकारीहरू उनको घरमा आएको च्यानलले जनाएको थियो। टेलिभिजन च्यानलद्वारा प्रकाशित एक भिडियोमा रोनाघी निकै कमजोर देखिए पनि अन्तर्वार्ता जारी राख्न आग्रह गरिरहेका देखाइएको छ।

द वासिङ्टन पोस्टमा काम गर्ने ती सञ्चार अभियन्ताले जेलको आफ्नो भवनको कार पार्कबाट बाहिर निस्की अज्ञात स्थानबाट भिडियो सन्देश जारी गरेका थिए। तर सेप्टेम्बर २४ मा तेहरानको इभिन जेलमा अभियोजनकर्तालाई भेट्न गएका बेला सुरक्षा अधिकारीहरूले उनलाई हिरासतमा लिएको र कुटपिट गरेको उनका भाइले बताए।

ओस्लोस्थित समूह इरान ह्युमन राइट्सले इस्लामिक गणतन्त्रको महिलाका लागि कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी अमिनीको सेप्टेम्बर १६ मा हिरासतमा मृत्यु भएयता इरानभर भएको प्रदर्शनमा कम्तीमा ३०४ जनाको मृत्यु भएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.