इजिप्टमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु

इजिप्टमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु

इजिप्ट : उत्तरी इजिप्टको नाइल डेल्टामा शनिबार बस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।इजिप्ट को स्वास्थ्य मन्त्रालयका अनुसार बस डाकाहलिया प्रान्तको नहरमा खसेको थियो। 

घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ। स्टेरिङ ह्वीलमा खराबी आएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानपछि बताइएको छ। 

कमजोर सडक सञ्जाल, प्रायः पुराना र मर्मत सम्भार नगरिएका सवारी साधन ड्राइभिङ नियमहरूको उल्लंघनका कारण हुने सवारी दुर्घटनालाई इजिप्टमा सामान्य मानिन्छ।

सन् २०२१ मा सबैभन्दा बढी घना जनसङ्ख्या भएको यो देशको सडकमा करिब सात हजार मानिसको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ।

गत जुलाईमा मध्य इजिप्टमा एउटा बस सडक छेउमा रोकिराखेको ट्रकमा ठोक्किँदा २५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.