तिलौराकोटमा उत्खनन् सुरु

तिलौराकोटमा उत्खनन् सुरु

बुटवल : गौतमबुद्धको क्रीडास्थल तिलौराकोटमा उत्खनन थालिएको छ। विश्व सम्पदा सूचीमा राख्ने तयारी भइरहेको यो क्षेत्रको तिलौराकोटभित्र राजा शुद्धोधनका दरबारहरू रहेका प्रमाण भेटिएका छन्। त्यस संरचनाका अन्य पाटाहरू पत्ता लगाउन उत्खनन  थालिएको हो।

प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि यही समयमा रहेक वर्ष उत्खनन हुँदै आएको छ। युनेस्को जापानिज फन्ड इन् ट्रस्टको सहयोगमा पुरातत्त्व विभाग, बेलायतको दुर्हम विश्वविद्यालय र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्त्वविद्हरूले १४ कात्तिकदेखि तिरौलाकोट क्षेत्रमा उत्खनन सुरु गरेका हुन्।

प्राचीन सुरक्षा पर्खालको वरिपरि रहेको नहर र पूर्वी गेटभन्दा बाहिरको संरचना क्षेत्रमा प्राचीन समयमा नदी रहेको सेल देखिएकाले उत्खनन गरिएको लुम्बिनी विकास कोषका पुरातत्त्व शाखाका प्रमुख हिमाल उप्रेतीले बताए। गत वर्ष उत्खनन गरी छोपेर राखेको दरबार क्षेत्रको भग्नावशेषको पुनः उत्खनन गरी बाँकी रहेका क्षेत्रहरूको अन्वेषण गरिने उनले बताए। गत वर्ष पूर्वीकिल्लाका सहायक संरचनाबारे जियोफिजिकल (भू–भौतिक) सर्वे गरिएको थियो। उक्त सर्वेक्षणमा पीसी मुखर्जी उल्लेख गरेअनुसारका संरचना देखिएको उप्रेतीले बताए।

पीसी मुखर्जीले सन् १८९९ मा प्राचीन तिरौलाकोट दरबारको पूर्वीढोका पत्ता लगाएका थिए। मुखर्जीले पत्ता लगाएअनुसार प्राचीन सुरक्षा पर्खालको वरिपरि नहर (मुड) रहेको र बाहिरी भागमा नदीलगायतका संरचना रहेको उल्लेख गरेकाले सो क्षेत्रमा वैज्ञानिक रूपमा अन्वेषण गर्न उत्खनन सुरु गरिएको दुर्हम विश्वविद्यालय बेलायतका प्राध्यापक डा. रविन कनिङघम्ले बताए। प्राध्यापक डा. रविनको नेतृत्वमा उत्खनन सुरु गरिएको हो। उत्खननबाट प्राप्त प्रमाणलाई आधुनिक प्रविधिको प्रयोग गरी अनुसन्धान गरिने उनले बताए।

सन् २०१४ देखि युनेस्को जापानिज् फन्ड इन ट्रस्टले वैज्ञानिक रूपमा विभिन्न उपकरण प्रयोग गरी तिलौराकोट र लुम्बिनीमा पुरातात्विक अध्ययन गर्दै आएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए। तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि कोषले पहल गरिरहेको बताउँदै उत्खननबाट थप प्रमाणहरू भेटिने बताए। उनले अन्तर्राष्ट्रिय विज्ञहरूसहितको टोलीले वैज्ञानिक रूपमा उत्खनन थालेको बताए।

पूर्वी किल्लाभित्र र पर्खाल बाहिर गरिएको उत्खननमा भेटिएका इँट्टाको साइज, भाँडाकँुडाका टुक्रा, माटाका मूर्तिहरू, सिक्काहरू, कोइलाहरू, वनस्पतिका अवशेषहरूको वैज्ञानिक तरिकाले अनुसन्धान गरेर काल (वर्षको अवधि) निर्धारण गरिने पुरातत्त्व प्रमुख उप्रेतीले बताए। उनका अनुसार विश्वमा पछिल्लो प्रविधि प्रयोग गरी उत्खनन गरेर अनुसन्धान गरिएको छ। 

दुर्हम विश्वविद्यालय बेलायतका प्राध्यापक डा. रविन कजिङघम्को नेतृत्वमा सुरु गरिएको उत्खननमा पुरातत्त्व विभागका रामबहादुर कुँवर, भाष्कर ज्ञवाली, विष्णु पाठक, लुम्बिनी विकास कोषका ज्ञानिन राई, हिमाल उप्रेती र राजन बस्नेतलगायतको टोली उत्खननमा खटिएको हो। उत्खनन आगामी १६ मंसिरसम्म सञ्चालन हुनेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.