रुसी सेना खेरसनबाट फर्किएपछि युक्रेनमा उत्सव मनाउँदै जनता

रुसी सेना खेरसनबाट फर्किएपछि युक्रेनमा उत्सव मनाउँदै जनता

किभ : युक्रेनको खेरसनबाट रुसी सेना फिर्ता भएपछि युक्रेनी सेनालाई त्यहाँ ठूलो उत्साहका साथ स्वागत गरिएको थियो।  सेनाको पछाडी हटेपछि, ओडेसा र किभबाट उत्सवका तस्बिरहरु बाहिर आइरहेका छन्।

सामाजिक सञ्जालमा आएको भिडियोमा स्थानीय जनता झण्डा बोकेर सडकमा आइ  देशभक्तिको गीत गाउँदै सेनालाई  स्वागत गरेको देख्न सकिन्छ ।   

आसियान शिखर सम्मेलनमा भाग लिन कम्बोडियामा रहेका युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुस खेर्सनबाट पछि हटेको घटनाले युद्ध हार्ने संकेत देखाएको बताए।

उनले भने, 'हामीले अर्को युद्ध जितेका छौं। युद्ध सुरु भएपछि सुरुमा हामीले किभ जित्यौं, त्यसपछि रुसलाई उत्तर-पूर्वबाट पछि हट्न बाध्य पार्यौं, खार्किभ जित्यौं र अहिले खेरसानमा पराजित गरेका छौं।'

हामीले लडाइँ जित्ने भए पनि लडाइँ अहिलै नसकिएको उनले बताए।  बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.