अमेरिकामा एयर शोमा दुई विमान ठोक्किए : विमानमा सवार ६ जनाकै  मृत्यु

अमेरिकामा एयर शोमा दुई विमान ठोक्किए : विमानमा सवार ६ जनाकै  मृत्यु

वासिङटन डिसी : अमेरिकाको डलासमा भएको एयर शोका क्रममा दोस्रो विश्वयुद्धका दुईवटा विमान आपसमा ठोक्किएपछि चारैतिर धुवाँको मुस्लो छाएको थियो । दुवै विमानमा ६ जना सवार रहेका वायुसेनाले जनाएको छ । विमानमा सवार सबैको मृत्यु भएको बताइए पनि अधिकारीहरुले भने यसको पुष्टि भने गरेका छैनन् । 

विमान दुर्घटना शनिबार दिउँसो १:२० मा भएको थियो ।  

दुवै विमान ठोक्किएको भिडियो सामाजिक सञ्जालमा हाल भाइरल भइरहेको छ । भिडियोमा देख्न सकिन्छ कि एयर शोको क्रममा एउटा विमान एकदमै छिटो आउँछ र अर्को विमानसँग ठोक्किन्छ । यसपछि दुवै विमानका केही टुक्रा हावामा खसेको देखिन्छ । विमानहरू जमिनमामा ठोक्किने बित्तिकै विस्फोट हुन्छ र धुवाँको मुस्लो देखिन्छ।

फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले यो दुर्घटनामा दोस्रो विश्वयुद्धको समयका दुई प्लेन रहेको जनाएको छ । यी मध्ये एउटा बोइङ बी-१७ फ्लाइङ फोर्ट्रेस हो र अर्को बेल पी-६३ किङ्कोब्रा हो। एफएए अनुसार अनुसन्धान एजेन्सी र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गर्नेछ।

एयर शो को समयमा २ अक्टोबर २०१९ मा पनि विमानस्थलमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो।
 
सो समयमा छानबिन टोलीले पाइलटको गल्तीले दुर्घटना भएको जनाएको थियो। दैनिक भास्कर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.