नैतिक तथा आध्यात्मिक शिक्षाको आवश्यकता

नैतिक तथा आध्यात्मिक शिक्षाको आवश्यकता

विद्यालय र क्याम्पसहरूमा नैतिक तथा आध्यात्मिक शिक्षा दिन आवश्यकता पर्छ। नयाँ पुस्ताका लागि पनि आध्यात्मिक शिक्षाको बाटो खुला गर्ने नीति राष्ट्रले लिनुपर्ने हुन्छ। जसवाट उनीहरूको चरित्र उच्च हुन जान्छ। पाश्चात्य शिक्षाले नेपाली सभ्यता र संस्कृतिलाई विस्थापित गर्ने काम नगरोस्। २०४६ सालभन्दा अगाडि नैतिक शिक्षाको प्रभावले समाजमा विसंगतिहरू क्mम देखा पर्थे। २०४६ सालपछि नैतिक शिक्षालाई ब्राम्हण परिवारसँग जोडेर हेर्न थालियो। जसको असर अहिले देखिएको हो।

कतिपयले आध्यात्मिक तथा धार्मिक शिक्षालाई एकै प्रकारले हेर्ने गरेका छन्। आध्यात्मिक शिक्षालाई धार्मिक शिक्षाका रूपमा मान्दा देशमा अशान्ति भएको हो। सरकारले पनि धर्म निरपेक्षको विगतको विषय र यो आध्यात्मिक पक्षमा जोखिम उठाउन चाहँदैन। नैतिक शिक्षाले खास एक पक्षलाई मात्र जोड दिइएको हुन्छ। प्रोत्साहन दिने काम अब केन्द्रीय तथा प्रादेशिक सरकारले गर्नुपर्छ। आध्यात्मिक शिक्षालाई महत्त्व दिनैपर्छ।
नैतिक शिक्षाको सम्बन्धमा कसैलाई पनि चासो नहुनु देश र देशवासीका लागि दुर्भाग्य हो। शिक्षाशास्त्रीहरूले पनि नैतिक शिक्षाको खाका दिएका छैनन्। विद्यार्थीहरूमा अहिले असन्तोष बढेको हुनाले नैतिक शिक्षाको आवश्यकताको महसुस हुन थालेको छ। प्राथमिक तहदेखि उच्च तहका विद्यार्थीहरूलाई नैतिक शिक्षा दिन सक्दा समाजमा देखिने विकृतिहरू न्यूनिकरण गर्न सजिलो हुने देखिन्छ। युरोप, अमेरिकालगायत विश्वका अधिकांस देशमा युवाले तोडफोड, हिंसा र हत्यामा भाग लिएको र राष्ट्रको सम्पत्ति खरानी बनाएका उदाहरण प्रशस्त पाइन्छन्। यस्ता उच्छृंखल बानीव्यहोराले राष्ट्रको छवि राम्रो पनि हुन सक्दैन।

आध्यात्मिक शिक्षाको योजना बनाउँदा निम्न कुुरामा ध्यान दिनु पर्छ। आध्यात्मिक शिक्षाको उद्देश्य नैतिक चारित्रिक र आध्यात्मिक भावनाको विकास गर्नु हो। पाठ्यक्रम बनाउँदा नै सरकारले आध्यात्मिक पाठ्यक्रम राख्नुपर्छ। आध्यात्मिक विषयलाई सरकारले अनिवार्य बनाउनु पर्दछ। विषय मात्र अनिवार्य बनाएर हुँदैन। अध्यापन गराउने गुरू पनि योग्य र लक्ष्मण रेखा भित्र वसेको हुनुपर्छ। अध्यात्मक विषयलाई अलग विषयको रूपमा लिनुपर्छ। यसलाई अलग विषयको रूपमा विकास गर्न सक्नाले विभिन्न किसिमको फाइदा हुन सक्छ। योग्य आचार्यको नियुक्ति गर्न सक्नुपर्छ।

भौतिक तथा आध्यात्मिक शिक्षा तब सफल हुन्छ, जब शिक्षक उच्च आत्मपरक, उच्च मनोबलयुक्त, नैतिकता प्राप्त, साधना गर्न सक्ने गुणवान र मिलनसार हुनुपर्छ। शिक्षकको व्यक्तित्व, व्यवहार र आचरण असल हुनुपर्छ। भौतिकवादी युगमा उपदेशमूलक शैली वा आदेशात्मक शैली चल्दैन। इतिहासको व्याख्या गर्दा पनि विवेकसम्वत्, क्रमबद्ध, युक्तियुक्त, मर्मस्पर्शी गरेर ठूलो आध्यात्मिक परिवर्तन ल्याउन सकिन्छ। सुख–दुःख भन्ने कुरा मानव जीवनको व्यवहारवाट देखिने कुरा हो। जीवन सफल बनाउन नैतिक वा आध्यात्मवादको आवश्यकता पर्छ। आध्यात्मबिना असल चरित्रको निर्माण हुन सक्दैन।

कौटिल्यको अर्थशास्त्र अनुसार चल्ने हो भने आध्यात्मवादको कारणले विश्वमा त्यस्ता घटनाहरू घट्ने थिएन होला। काम, क्रोध, लोभ, मोह, अहंकार, इष्र्या, द्वेष वढ्दै जान थालेको आभास हुन्छ। विश्वमा रहेका विश्वप्रसिद्ध विद्वान्, लेखकहरूको जीवनी पढ्न लगाएर उनीहरूमा अध्यात्मवादतर्फ ढाल्न सजिलो हुन्छ। विभिन्न भाषामा लेखिएका पुस्तकहरू मातृभाषामा लेखेर अध्ययन गराउन सक्दा पक्कै पनि फाइदा हुनेछ। नाटकका माध्यमबाट पनि नैतिक शिक्षाको प्रचार प्रसार गर्न सहयोग पुग्छ।

– केशवप्रसाद खरेल, उपप्राध्यापक/अधिवक्ता, ओम् शान्ति राजयोग सेवा उपकेन्द्र, काठमाडौंब


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.