अर्को हप्तादेखि ब्लु टिक सेवा सुरु हुन सक्छ : मस्क
वासिङटन डिसी : ट्विटरले शुक्रबार ब्लु टिकको लागि आठ डलर तिर्नुपर्ने व्यवस्था बन्द गरेको थियो। एलन मस्कले ट्विटर किनेपछि कम्पनीले निर्णय फिर्ता लिएको यो पहिलो पटक हो।
मस्कले आज फेरि ट्विटरको ब्लु टिकको बारेमा नयाँ जानकारी दिएका छन्। उनले अर्को सातादेखि ब्लु टिक सेवा पुनः सुरु हुन सक्ने बताएका छन् ।
ट्विटरमा पल जमिल नामका प्रयोगकर्ताको प्रश्नको जवाफ दिँदै मस्कले अर्को साताको अन्त्यसम्ममा सेवा सुचारु हुन सक्ने लेखेका छन् ।
मस्कले छिट्टै ट्विटरमा विभिन्न प्रकारका इमोजीहरू देख्न सकिने पनि बताएका छन्।
ट्विटर ब्लु टिक सदस्यता सेवामा, प्रयोगकर्ताहरूलाई प्रति महिना ७.९९ डलर तिर्न भनिएको छ।
ट्विटरले शुक्रबार ब्लु टिकको लागि आठ डलर तिर्नु पर्ने कुरा बन्द गरेको थियो।