एमाले सुदूरश्चिमको घोषणापत्र : ५० युनिट बिजुली र १० हजार लिटर पानी निशुल्क

एमाले सुदूरश्चिमको घोषणापत्र : ५० युनिट बिजुली र १० हजार लिटर पानी निशुल्क

धनगढी : नेकपा एमालेको २० ग्यारेन्टी सहितको घोषणापत्र जारी भएको केही दिनमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले आफ्नो छुट्टै घोषणपत्र सार्वजनिक गरेको छ । ‘सुन्दर सुदूरपश्चिम, समृद्ध सुदूरपश्चिम’ पाँच वर्ष एमालेको संकल्प नाम दिएको घोषणापत्रमा हरेक घरमा ५० युनिसम्म बिजुली र हरेक घरमा १० हजार लिटर पानी निशुल्क दिने घोषणा गरिएको छ ।

नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले घोषणा पत्र सार्वजनिक गर्दै प्रदेशमा एमालेको सरकार बने, हरेक घरमा बर्खामा ५० युनिट, हिउँदमा ३० युनिट र हरेक घरमा १० हजार लिटर खानेपानी निशुल्क गरिने बताए । छिमेकी शहर भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री भएकै वर्ष आफ्नो प्रदेशका नागरिकको विजुली र पानी फ्रि गरेपछि उनी लोकप्रिय भएका थिए ।

नेकपा एमाले सुदूरपश्चिमले पनि २७ बुँदे घोषणा पत्र जारी गर्दै आकर्षक नारा सार्वजनिक गरेकोछ । पानी र विजुली निशुल्क मात्रै होईन, उसले अस्पतालहरु, सरकारकारी कार्यालय, वित्तिय संस्था, सपिङ कम्पलेक्स, पर्यटकीय स्थलहरु र सार्वजनिक सेवा प्रदायक निकायमा निशुल्क ईन्टरनेट सुविधा दिने पनि घोषणा गरेको छ ।

दैनिक ५ सय ज्याला पाईरहेका मजदुरको तलब २५ हजार बनाउने पनि घोषणापत्रमा उल्लेख छ । विद्युतको पहुँच नभएक सबै स्थानमा २ वर्षभीत्र विद्युत पुगाएर सतप्रतिसतलाई उज्यालो दिने पनि घोषणापत्रमा उल्लेख छ ।

नेकपा एमाले सुदूरपश्चिमले स्वास्थ्यलाई अझ बढी प्रार्थमिकता दिएको छ । उसले प्रदेशमा एमालेको सरकार बनेमा, हरेक स्थानीय तहमा आधुनिक प्रयोगशाला सहितको एक अस्पताल निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । प्रदेशका सरकारी र नीति सबै अस्पतालबाट सेवा पाउने गरी सबै नागरिकको स्वास्थ्य विम गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

कृषिको आधुनीकिकरण गरी उत्पादन बढाउने, तरकारी फुलफुल र फूलको आयोत प्रतिस्थापनका लागि त्यस ब्यवसायमा लागेकाहरुलाई विषेश अनुदान दिने, प्रदेशमा कृषि अनुसन्धान केन्द्रको स्थापना गरि बालीको अनुन्धान, विउ उत्पादन र कृषि क्षेत्रको विविधिकरण गर्ने कुरा घोषणापत्रमा उल्लेख छन् ।

एमालेले स्थानीय सरकारहरुको सहकार्यमा आगामी ३ वर्षभीत्र प्रदेशलाई पूर्ण साक्षर बनाउने बाचा पनि गरेको छ । आधारभुत निशुल्क र अनीवार्य माध्यमिक शिक्षा र उच्च शिक्षालाई सर्भसुलभ बनाईने घोषणापत्रमा उल्लेख छ । 

एमालेले ‘प्रदेशको सुशासनको आधार, नीतिगत संररचनागत सुधार’ नारा सहित भागबण्डाको आधारमा नभएर प्रार्थमिकताका आधारमा योजना बनाउने नीति लिने जनाएको छ । उसले प्रदेशमा आगामी ५ वर्षमा ५० हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ । 

नेकपा एमालेका प्रदेश ईञ्चार्ज लेखराज भट्टले, संघमा पार्टीको देश बनाउने घोषणा पत्र भएपनि, प्रदेशका जनताका लागि एमालेले अझ थप काम गर्ने बताए । ‘प्रदेशमा एमालेको सरकार बन्यो भने हामीले यी सबै काम गछौं, हामीले केन्द्रको घोषणपत्रमा उल्लेख गरिएका कुरा ग्यारेन्टी भनेका छौं, भने प्रदेशको यो पनि ग्यारेन्टी हो’ उनले भने ।

नेकपा एमालेको प्रदेश पार्टी कार्यालय धनगढीमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सचिव धर्मराज पाठकले घोषणापत्र पढेर सुनाएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.